९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

माओवादीका केन्द्रीय सदस्य डंगोल १५० जना अगुवा कार्यकर्तासहित एमाले प्रवेश

माओवादीका केन्द्रीय सदस्य डंगोल १५० जना अगुवा कार्यकर्तासहित एमाले प्रवेश
अ अ+ अ-

ललितपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगोल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) ललितपुरद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरे ।

अध्यक्ष केपी शर्मा ओलीले डंगोलसहित माओवादी र नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गर्नुभएकाहरूलाई माला लगाई स्वागत गरे ।

डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार माओवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं एमाले प्रवेश गरे ।

यसैगरी गत स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं २० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन, वडा नं १६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य पनि एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी, वडा कमिटी अध्यक्षहरूसहित ३० जना एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरू नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य पनि एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूसँगै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका माओवादी केन्द्र तथा नेपाली काँग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता एमालेमा समाहित भएको नेकपा (एमाले) ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै नवप्रवेशी सरोज डंगोलले नेकपा (एमाले) कम्युनिष्टको प्रमुख नेतृत्वकर्ता भएकाले एमालेलाई देशको मुख्य शक्ति बनाउनुपर्नेमा जोड दिए । उनले कम्युनिष्टको किल्ला ललितपुरमा एमालेलाई बलियो शक्ति बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुर महानगरका उपप्रमुख पदका प्रत्याक्षी तथा नवप्रवेशी बाबुराजा बज्राचार्यले आफू सधै कम्युनिष्टको एकतामा प्रतिवद्ध रहेकाले नेकपाकै निरन्तरताको रूपमा एमाले प्रवेश गरेको बताए ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा सम्पन्न उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य, नेकपा एमाले पोलिटव्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, निवर्तमान संघीय सांसद नवराज सिलवाललगायतले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।