९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

महासचिव पोखरेलको प्रश्नः को हो गठबन्धनको भावी प्रधानमन्त्री ?

महासचिव पोखरेलको प्रश्नः को हो गठबन्धनको भावी प्रधानमन्त्री ?
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको बताएका छन् ।

नेकपा (एमाले)कास्की जिल्ला कमिटीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले एमालेले आफ्नो भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहेको बताउए ।

महासचिव पोखरेलले गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गरे– को हो तपाईंहरूको निर्वाचनपछिको प्रधानमन्त्री ? शेरबहादुर देउवा ? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत सङ्ग्रह चाहन्छौं ? कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ ?

जनमतका विरोधी माधव–प्रचण्ड काँग्रेससँग सिटको भीख माग्दै
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई घेराबन्दी गरिएपछि, जनादेश खण्डित गर्ने षडयन्त्र शुरू भएपछि ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको स्पष्ट गर्दै महासचिव पोखरेलले प्रचण्ड र माधन नेपाल जनमतका विरोधी भएको बताए । उनले नयाँ जनमतमा जानु लोकतन्त्रको विरूद्धमा नहुने बताए ।

देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज नेपाली काँग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सिट माग्ने अवस्थामा पुगिरहेको चर्चा गर्दै महासचिव पोखरेलले भने– ‘नेकपा एसलाई सोध्न चाहन्छु, १७ सिटको भीख माग्न लज्जावोध हुँदैन ? समाजवादको गफ हाक्ने नेताहरू शेरबहादुर देउवालाई नेता मानेर समाजवादमा पुगिन्छ ? मजाक गर्ने ? माओवादीका नेताहरू के शेरबहादुर देउवालाई नेता मान्न १७ हजारको बलिदान गरेको हो ?

गठबन्धनद्वारा राज्यको लुट
उनले नेपाली काँग्रेस नीतिविहीनताको शिकार भएको बताउँदै यदी काँग्रेसभित्र उसको नीति बमोजिम चल्नुपर्छ भन्ने मान्यता राख्ने कोही हुनुहुन्छ भने बोल्ने बेला आयो भने ।

नेपाली काँग्रेसले २००७ सालमा राणासँग सम्झौता गरेर अगाडि बढ्दा २०१७ साल निम्तिएको, २०४६ सालको जनआन्दोलनपछि आन्दोलनको सहयोद्ध बाममोर्चासँग नभई राजाका प्रतिनिधिसँग मिलेर कमजोर संविधान बनाउँदा २०६२÷ ६३ को जनआन्दोलनको आधारभूमि तयार भएको र वर्तमान संविधान जारीपछि पनि काँग्रेसले जनादेश विपरीत सत्तामा पुग्ने षडयन्त्रमा लागेको चर्चा गर्दै महासचिव पोखरेलले यदी लोकतन्त्रलाई सङ्कट छ भने त्यो जनादेशको अवज्ञा र गठबन्धनबाट छ भने ।

उनले मुलुकमा भ्रष्टाचार र अव्यवस्था मौलाइरहेका र पाँच दलीय गठबन्धनले राज्यमा लुट मच्चाइरहेको बताए ।
महासचिव पोखरेलले गठबन्धन अस्थिरता र नीतिगत विचलनको कारक भएको वताउँदै जनताबाट तिरस्कृतहरू मिलेर जनतामाथि शासन गर्न खोज्दैछन् भने ।

नेकपा (एमाले) मुलुकमा आर्थिक, सामाजिक रूपान्तरण चाहेको र जनताको जीवनस्तरमा परिवर्तन चाहेको बताउँदै महासचिव पोखरेलले यस दिशामा अगाडि बढ्न चाहने देशभक्त, बामपन्थी सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।

महासचिव पोखरेलले भने –‘नेकपा (एमाले) देशमा लोककल्याणकारी राज्य स्थापना गर्न चाहन्छ, मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले शुरू गरेको सामाजिक सुरक्षा भत्ता दक्षिण एसियामा सामाजिक सुरक्षाको मोडेल हो, हामीले सामाजिक सुरक्षा भत्ता रकम मासिक पाँच हजार रुपियाँ पुर्याउने जनतासँग गरेको कवोल थियौं, सरकारबाट हटाएर पूरा गर्न नदिएकाले त्यो कबोल पूरा गर्न चाहन्छौं ।’

मुलुकको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राष्ट्रिय शक्ति र स्थायित्व जरूरी रहेको वताउँदै नेकपा ९एमाले० ले दूरदर्शी नेतृत्व र देश बनाउने गन्तव्यसहितको नीति अगाडि सारेको र त्यो कार्यान्वयन गर्ने बलियो शक्ति निर्माणको अभियानमा लागेको महासचिव पोखरेलले स्पष्ट गरे ।

हामीले लोकतन्त्रका लागि तीन पुस्ताले सङ्घर्ष गरेकोमा गर्व गर्छौं, अधिकारको लडाञीमा सफल पनि भएका छौं चर्चा गर्दै महासचिव पोखरेलले क्रान्तिपछि युग बदल्न, समाज बदल्न सकेका छैनौं भने ।

उनले आगामी निर्वाचन हामीले ल्याएको परिवर्तन र उपलब्धिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै नेकपा (एमाले) को विजयमा मात्र त्यो सम्भव हुने छ भने ।

महासचिव पोखरेलले नेपालीहरूका महान चाड वडादशैं, तिहार, नयाँबर्ष र छठपर्वको शुभकामना व्यक्त गरे । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।