२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन ढिला बाहिरिने: दसैँमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन-चार दिन वर्षाको सम्भावना रहेको बताउनुभयो ।
कति दिन वर्षा

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१ गतेसम्म नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले दसैँको नवमी, विजया दशमी र एकादशीमा मनसुनी वर्षा हुनेछ ।

उक्त समय देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरु प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसारणमा र सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

दसैँको मौसम

मौसम बुलेटिन अनुसार नवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज २० गते एकादशीका दिन पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

आजको मौसम

आज देशभर सामान्यतया बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिनुभयो । आज काठमाडौँको न्यूनतम १९ र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ ।रासस