९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दसैँमा गाउँमा देखि नै छोडे पिङ

दसैँमा गाउँमा देखि नै छोडे पिङ
अ अ+ अ-

ढोरपाटन । “उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।”

बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित हुनुहुन्छ । जब–जब दसैँ तिहार जस्ता पर्व आउँछन् तबतब उहाँलाई पुराना दिनका सम्झनाले सताउँछ । पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उहाँका मानसपटलमा अझै ताजै छन् । उहाँ भन्नुहुन्छ, “दसैँ आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, अहिले सबै संस्कृति हटे कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।”

युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गथ्र्यो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै आएको बताइन्छ । “ अहिले यो प्रचलन त छँदै छैन, धजा बाँन्दा कोही पनि पिङबाट नलड्ने जनविश्वास पनि थियो”, उहाँले भन्नुभयो ।

पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मियता बनाउने काम गथ्र्यो । सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउथ्यो । उहाँले भन्नुभयो, “अहिले पिङ पनि बनाउँदैनन्, आफन्तसँग भेट हुन पनि पाइँदैन, फोनमा कुरा ग¥यो, फोनमै भट्यो ।”

स्थानीय ७० वर्षीय नरबहादुर क्षेत्रीले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताउनुभयो । वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहे पनि विस्तारै टुट्दै गएको छ । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको छ । “बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो, यही मान्यता राखेर दसैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, उस्तै परे वर्षभरीमा एकपटक पनि धर्ती छोड्दैनन्”, क्षेत्रीले भन्नुभयो, “जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो ।”

उहाँले दसैँ आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ हाम्ले पिङ हालेको ठाउँ अहिले मोटरबाटो पुगेर भत्किएको छ ।”

स्थानीय युवा बिमल बुढामगरले पछिल्लो समय आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको बताउनुभयो । बुढामगर भन्नुहुन्छ, “हामी सानोसानो हुँदा लिङ्गे पिङ धेरै खेल्ने गरिन्थ्यो, अहिले त गाउँमा लुठो बाट्ने मान्छे पनि भेटिन छोडे, युवाले पनि खास्सै चासो नदिएर पनि होला हराउँदै गएको छ ।” रासस