२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल मोहम्मदको हत्या आरोपी तीन जना सार्वजनिक



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा गार्मेन्ट सञ्चालक लाल मोहम्मदको हत्या आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा पर्साका वीरगञ्ज महानगर वडा नं. १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की २१ वर्षीय सुुमी भन्ने सुस्मिता स्याङताङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

घटनामा महोरम र रेहानले योजनाकार र तथा हतियार व्यवस्थापनको भूमिका खेलेको तथा सुमीले लाल मोहम्मदको गतिविधि निगरानी गर्ने कार्य गरेको प्रहरीले आरोप लगाएको छ ।

उनीहरुविरुद्ध ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहम्मदमाथि गत असोज ३ गते साढे ६ बजे गोली प्रहार भएको थियो । गोली लागेर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा त्यही राति मृत्यु भएको थियो ।