• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

काठमाडौँ–१ बाट रवीन्द्र मिश्र राप्रपाको उम्मेदवार बन्ने, गरे औपचारिक घोषणा



फाईल फोटो

काठमाडौँ । दुई दिनअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले पार्टीको सहमति लिएर उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए । घोषणा कार्यक्रममा उनले जनताले मत दिएर आफूलाई संसदमा  पठाए सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“‘यो १५ वर्षमा कति दिन संसद् चल्यो र तपाईंहरुले पठाउनुभएको सांसद कति दिन संसद्मा उपस्थित भएर तपाईंहरुको आवाज उठाउनुभयो ?” उनले प्रश्न गर्दै भने, “निर्वाचित भएको खण्डमा म एउटा सशक्त सांसदका रुपमा संसदभित्र तपाईंहरुको आवाज बुलन्द गर्छु ।”

विगत १५ वर्षदेखि यस क्षेत्रको प्रतिनिधित्व गरिरहेका नेताले संसद्मा निभाएको भूमिकाप्रति टिप्पणी गर्दै उनले जनतासमक्ष आफूले झुटो आश्वासन दिएर भोट नमाग्ने स्पष्ट गरे ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा मित्र विवेकशील–साझा पार्टीबाट यही निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए । निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग उनी झिनो मतले पराजित भएका थिए ।