१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

बागलुङका किसानले दूध बेचेर गाउँ भित्र्याए छ करोड

बागलुङका किसानले दूध बेचेर गाउँ भित्र्याए छ करोड
बागलुङ
अ अ+ अ-

गलकोट । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् ।

उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७८/७९ मा सहकारीमार्फत दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा दीर्घकालीन रुपमा नै आम्दानी गर्न सफल भएका हुन् ।

दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले बताउनुभयो । उहाँ सृजना दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालकसमेत हुनुहुन्छ ।

काठेखोला गाउँपालिका–६ स्थित नमूना दूग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरुले मात्रै दैनिक तीन सय दूध सहकारी सङ्घलाई बजारमा पठाउने गरेको किसान बालानन्द कँडेलले जानकारी दिनुभयो । “दूध उत्पादन मात्रै गरेर भएन, बिक्रीका लागि बजार टाढा छ, १० लिटर दूध लिएर बजार आउने कुरा भएन सहकारीमार्फत दूध बिक्री गर्दा दूध धेरै टिकाउन सकिने, दूध प्रशोधनपछि बिक्री नभएमा अन्य दुग्धजन्य पदार्थ उत्पादन गर्न सकिने भएकाले हाम्रो दूधको बजार सुनिश्चित भयो”, उहाँले भन्नुभयो, “सहकारीले दूधको रकम सहकारीमार्फत भुक्तानी गर्दा सहकारीको कारोबारका आधारमा नाफासमेत आउँछ, किसानलाई दूध ढुवानी र घाँस ढुवानीमा अनुदान आउँछ । साथै पशुका लागि प्राविधिक सल्लाह र उपचारसमेत सहकारीमार्फत नै हुँदा सहज भएको छ ।”

चौध वटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु छ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताउनुभयो । चौध सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै रु छ करोडभन्दा बढी रकम आम्दानी गरेका हुन् ।

“किसानहरुले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानहरुले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो”, अध्यक्ष गौतमले भन्नुभयो, “किसान विचौलियाको मारमा समेत पर्नाले धराशयी बन्ने अवस्था अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा दूध पु¥याउने कार्य गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको तीन हजार लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरू रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह भएको छ ।”

गौतमका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै–थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज भएका कारण किसानहरु उत्साहित बनेका हुन् । सहकारी २०५७ सालमा स्थापना गर्दा दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनाउनाका साथै १९ कर्मचारीलाई प्रत्यक्ष रोजगारीसमेत दिँदै आएको छ ।

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दूधजन्य पदार्थहरु जस्तै घीउ, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी सङ्घका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीले आर्थिक वर्ष २०७८÷७९ मा मात्रै किसानलाई रु छ करोड ११ लाख दूध खरिद बापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घले समेत रु ७४ लाख खुद बचत गर्न सफल भएको छ । बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा लगानी गर्ने सहकारी सङ्घले जनाएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झन्डै एक हजार पाँच सय किसानले धेरै थोरै दूध बजारीकरणका लागि पठाउछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ । तीमध्ये काठमाडौँमा छुर्पी निर्यात हुँदै आएका दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै रु पाँच लाख बराबरको छुर्पी काठमाडाँै निर्यात गरिएको छ ।

सहकारीले एक वर्षमा ८५ लाखको दही, आठ लाख ७८ हजारको घीउ, सात लाख १८ हजारको पनिरसमेत बिक्री गरेको छ । बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रुपमा परिचय दिने गरी सहकारीले छुर्पी उत्पादनमा बढी जोड दिन थालेको छ ।

अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकेजी एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानहरुले सहकारीमा आबद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताए ।

सहकारीको उपयुक्त मोडेलका रुपमा दुग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रुपमा स्थापित रहेको राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसीले बताउनुभयो । कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको उहाँको भनाइ थियो । रासस