९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव
अ अ+ अ-

पर्वत . पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।

अस्पतालमा कीट अभाव हुँदा डेङ्गुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताउनुभयो ।

“अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैँले कीट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ । हामीले ल्याएको दुई सय कीट सकिएपछि फेरि दुई सय कीट माग गरेका छौँ”, उहाँले भन्नुभयो, “अन्य अस्पतालमा जुन दरमा डेङ्गुको परीक्षण भइरहेको छ त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको रु आठ सय मात्र लिएका छौँ । माग गरेको कीट आएपछि परीक्षणमा समस्या हुँदैन ।” कीट आइपुग्न अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । सरकारले निःशुल्क परीक्षण गर्ने डेङ्गु पर्वतका बिरामीले सरकारी अस्पतालमै पनि महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका हुन् ।

उहाँका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो तर अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ ।

यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । अहिले डेङ्गुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “केन्द्र र प्रदेश सरकारबाट कीट सप्लाई होला र अनि जाँचेर उपचार सुरु गरौँला भनेर नबस्न उहाँको सुझाव छ ।

परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो तर माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उहाँको भनाइ छ ।

“बिरामीलाई समस्या हुनु त भएन नि भनेर अस्पताल आफैँले खरिद गरेर कीट ल्याएको छ । त्यो कीटको खर्च हामीले बिरामीसँगबाट लिने गरेका छौँ । हामीले एक जनाको परीक्षणमा रु आठ सय लिएका छौँ, यो बिमाले दिने दर हो”, अध्यक्ष गिरीले भन्नुभयो, “डेङ्गु हो होइन भनेर छुट्याउन बिरामी पोखराकै निजी अस्पतालमा जानुपर्ने अवस्था आयो, जसको खर्च धेरै आउँछ । यसैले केही रकमलाई सारेर कीट ल्याएका छौँ । अब प्रदेश प्रयोगशालाले दिन थालेपछि हामीले खरिद गर्नुपर्दैन र बिरामीले पनि त्यो रु आठ सय तिर्नु पर्दैन । प्रयोगशालाले नदिने बेलासम्म हामीलाई निकै कठिन भइरहेको छ ।”

जिल्ला अस्पतालले रु आठ सयमा डेङ्गुको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाले भने रु एक हजार दुई सय वा त्यसभन्दा बढी रकम लिने गरेका छन् । एकै प्रकारको कीटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा रु चार सयभन्दा बढी लिने गरेको परीक्षणमा गएका बताउँछन् ।

सुपरिन्टेन्डेन्ट डा अधिकारीका अनुसार अहिलेसम्म अस्पताल परीक्षणमा आएकामध्ये ३५ मा डेङ्गुको सङ््क्रमण पुष्टि भएको छ । निजी तथा जिल्लाका अन्य क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भएको पुष्टिको तथ्याङ्क अस्पतालसँग नहुने भएकाले डेङ्गुका बिरामीको वास्तविक सङ्ख्या धेरै रहेको हुनसक्ने उहाँले बताउनुभयो ।