९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’
अ अ+ अ-

टीकापुर । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् ।

टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उहाँको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उहाँ बताउनुहुन्छ । “दसैँमा सकेसम्म घरमै खसीबोका काट्छौँ, नकाटे पनि पाँच/सात किलो मासु किन्छौँ”, रम्फेलीले भन्नुहुन्छ, “चाडपर्वमा त सबैले पेटभरि खान्छौँ, दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तो लाग्छ । दसैँमा अष्टमीदेखि पूर्णिमासम्म माछा मासु खाइन्छ ।”

टीकापुरकी रेखा परियारका घरमा पनि खसी बोका काट्छन् । उहाँ पनि दसैँमा अन्य बेलाभन्दा बढी माछा मासु र अन्य परिकार खानुहुन्छ । “दसैँमा टन्न खाने हो, हामी त बरु बिरामी भए औषधि खान्छौँ तर माछा मासु, सेलरोटी नखाने भन्ने हुँदैन”, उहाँ भन्नुहुन्छ, “घरमा पनि खान्छौँ, माइत गएर पनि खान्छौँ ।”

चाडपर्वलाई महत्वका साथ मनाउने गर्दछन् । चाडपर्व भनेपछि मानिसको खुसीसँग जोडिन्छ । पर्वले मेलमिलाप, खुसी र एकताको सन्देश दिन्छ । दसैँको तयारी सुरु भएपछि हरेक मानिसका घरमा आवश्यक खाद्यान्न, तरकारी तथा माछा मासुको जोहो सुरु भएको छ ।

त्यस्तै, बिन्तिराम चौधरीको घरमा पनि चाडपर्वमा मासु बढी पाक्छ । घरमै खसी काटेर आफू र आफ्ना आफन्तलाई खुवाइन्छ । बिन्तिरामको घरमै माछामासु पाके पनि उहाँको परिवार स्वास्थ्यबारे भने सचेत रहेको उहाँ बताउनुहुन्छ । “माछा मासु तथा चिल्ला खानेकुरा बढी पाक्छन्, अन्य समयभन्दा बढी खाइन्छ”, उहाँ भन्नुहुन्छ, “माछा मासु तथा चिल्ला खानेकुरा खान्छौँ साथमा त्यसलाई पचाउने खालका खानेकुरा पनि खाने गरेका छौँ । सलाद, फलफूल र सागपात पनि अनिवार्य खाइन्छ यो समयमा ।”

लम्की चुहा–१ का रुपेश न्यौपानेको घरमा पनि विगतका वर्षमा माछा मासु बढी पाक्थ्यो । गत वर्ष खसीको मासु धेरै खाएकै कारण रुपेशका बुबा बिरामी भएपछि यस वर्ष उहाँहरु माछामासुको बढी प्रयोग नगर्ने तयारीमा हुनुहुन्छ । “गत वर्ष मासु अपच भएर बुबा दसैँकै समयमा बिरामी हुनुभयो । तीन दिन अस्पताल बस्नुप¥यो”, उहाँ भन्नुहुन्छ, “माछामासु र चिल्ला खानेकुरा धेरै खान नहुने रहेछ । यस वर्ष हामी पर्व मनाउनका लागि मात्रै थोरै मासु किनेर खाने तयारीमा छौँ ।”

हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ । दसैँमा लुगा किन्ने, मीठा परिकार खाने, नयाँं ठाउँं घुम्ने, आफन्तकहाँ टीका थाप्न जाने, दक्षिणा दिनेजस्ता हरेक कार्य हुन्छन् । चाडपर्वमा गरिने क्रियाकलाप मानिसको शारीरिक, मानसिक र आर्थिक क्षेत्रसँग जोडिन्छन् । चाडपर्वमा कोही मानिस धित मारुञ्जेल खान्छन् भने कोही मानिस संयमता अपनाएर खानपान गर्छन् ।

शिक्षक टेकबहादुर सार्की भने चाडपर्वको फरक फरक महत्व भए पनि शारीरिक र आर्थिक व्यवस्थापनमा सचेत भएको बताउनुहुन्छ । उहाँ चिल्लो र मसालेदार खानेकुरा बढी खाँदा त्यसलाई पचाउने खालका खानेकुरा खानुहुन्छ । “मेरो घरमा माछामासु खाँदा स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्छौँ, चाडपर्वमा हाम्रो घरमा फलफूल, सागपातमा बढी खर्च हुन्छ”, उहाँले भन्नुभयो, “पर्वहरुमा हामी मासुका धेरै परिकार प्रयोग हुन्छन्, माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रुपमा प्रयोग गरिन्छ तर हामी त्यसलाई पचाउने खानेकुरा समेत खान्छौँ ।”

शरीरलाई चाहिने प्रोटिनको स्रोतका रुपमा मासुलाई लिइन्छ । मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेशेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ । मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलस्य बनाउने भएकाले मानिसको स्वास्थ्यमा विभिन्न असर गर्नसक्ने भएकाले चाडपर्वमा मासु धेरै खान नहुने टीकापुर अस्पतालका डा संवाद खरेल बताउनुहुन्छ । “माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर हुन्छ, क्षणिक असरमा अपच हुनसक्छ, युरिक एसिडको समस्या भएकालाई असर गर्छ”, डा खरेल भन्नुहुन्छ, “कोल्डस्टोर बढेर जाने भएकाले पाचन र कलेजोसम्बन्धी समस्या हुनसक्ने भएकाले सचेत हुनुपर्छ । कुनै पनि खानेकुरा आवश्यकता भन्दा बढी खान हुँदैन ।”

डाक्टर खरेल मासु खाइहालेमा प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानी गर्ने हो त्यसबाट बच्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । “खसीको मासु र भात धेरै खान हुँदैन, हामी कहाँ धेरै खाने चलन छ”, उहाँ भन्नुहुन्छ, “झोलिलो कुरा, सागपात, रेसादार तरकारी तथा फलफूल बढी खानुपर्छ ।”