९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल
अ अ+ अ-

दमौली । तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् ।

विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिनुभयो ।

“तीन दिन अगाडिमात्रै ७० विदेशी पाहुना बन्दीपुर आउनुभयो”, प्रधानले भन्नुभयो, “आइतबार पनि २५ जना आउनुभएको छ, अब बन्दीपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छ्रौँ ।” बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् ।

चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प रहेको उहाँले बताउनुभयो । “पहिला पहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, उहाँले भन्नुभयो ।

विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दीपुरसम्म आउने गरेको उहाँले सुनाउनुभयो । “नेपाल आएका पर्यटक पोखरा, सौराहा लगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन् । होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताउनुभयो । “स्वदेशी पाहुना फ्याट्टफुट्ट मात्रै बन्दीपुर आइपुगेका छन्”, उहाँले भन्नुभयो ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।