९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रामपुरमा परम्परागत संस्कृति जोगाउने अभियान

रामपुरमा परम्परागत संस्कृति जोगाउने अभियान
file
अ अ+ अ-

पाल्पा । गाउँमा बाजा बज्न थालेपछि दसैँ लाग्यो भन्ने आभाष हुन्थ्यो । यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ । यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन । बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा र ढोलक बज्न थालेपछि दसैँ सुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो ।

बाद्यबादकसहित नौमती, पञ्चेबाजको तालमा गाउँभरी सरसफाइ गरेर दसैँलाई स्वागत गर्ने परम्परा अहिले कतै देख्न र सुन्न पाइदैन । पाल्पाको रामपुरमा भने पुरानो संस्कतिलाई यसवर्षदेखि जोगाउने अभियान सुरु भएको छ । रामपुर नगरपालिका–६ बाट दसैँमा बाजा बजाएर सरसफाइ गर्ने संस्कार थालनी भएको छ । पुरानो परम्परा गाउँमा हराउँदै जान थालेपछि अहिले युवा पुस्तालाई रीतिरिवाज, संस्कार संस्कृति सिकाउन बाजा बजाएर सरसफाइ अभियान थालनी गरिएको तालपोखरा टोल विकास समितिका अध्यक्ष थिरलाल ढकाल बताउनुहुन्छ ।

“पहिला म आफैले गाउँका सबै स्थानीयवासीलाई सहभागी गराएर बाजा बजाएर सरसफाइ कार्यक्रम गराउँदथे, आठ/नौ दिनसम्म लगातार गाउँका खाल्डाखुल्डीपुर्ने, बाटो खन्ने, झाँडी सरसफाइ गरिन्थ्यो” उहाँले भन्नुहुन्छ,–“हिजोको संस्कार सुनाउँदा नयाँ पुस्तालाई कथा सुनाएजस्तो भयो, पूरानो रीतिरिवाज हराउन नदिन बुढ्यौली टेकेपनि लागिपरेको छु” । स्थानीय बाजागाजाको साथमा स्वागत गर्दा गाउँमा दसैँको रौनक बढेको छ । विभिन्न कामकाजमा व्यस्त रहने व्यक्तिलाई पनि दसैँ लागिसक्यो भन्ने अनुभूति दिलाएको छ ।

समाजलाई सही दिशामा अगाडि बढाउन राम्रा खालका पुरानो संस्कृति पनि अवलम्बन गर्नु आवश्यक रहेको हँुदा ती संस्कृतिले पर्वमा विशेष महत्व झल्काउने भएकाले संस्कृति संरक्षणमा वडाबाटै अभियान थालनी गरेको वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभयो ।“राम्रा कुरा छन्, भने त्यसलाई जीवन्त राख्नुपर्छ, हाम्रा गाउँघरमा चलिआएका परम्परागत संस्कृति अहिले लोपहुदै गएको अवस्था छ” उहाँ भन्नुहुन्छ, “नयाँ पुस्तामाझै आउँदा विशेष महत्व बोकेका कला संस्कृति नै हराउँदै जाँदा मानिसको जीवनमा केही कुराको अपूर्णता रहेको अनुभूति हुन्छ” ।
तालपोखरा युवा समूहले बाजा बजाएर सरसफाइ कार्यमा जुटेका स्थानीयवासीलाई स्वागत गरेका हुन् । विभिन्न प्रतिभा भएका व्यक्तिको बसोबास रहेको यस समाजका बालबालिका, युवा तथा ज्येष्ठ सदस्य सामूहिक रुपमा बाजा बजाएर दसँैलाई स्वागत कार्यमा जुटेको बताउनुहुन्छ, तालपोखरा युवा समूहका अध्यक्ष हरि थापा । यसरी सामाजिक कार्यमा निस्कँदा आफूसँग भएका प्रतिभा बाहिर ल्याउने अवसर बनेको छ, भने अर्कोतर्फ हराउँदै गएको संस्कृति जगेर्ना गर्ने माध्यम बनेको उहाँको भनाइ छ ।

सो कार्यक्रममा बालबालिका, युवापुस्ता मात्रै नभइ ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता छ । समुदायबाटै बाजा बजाएर दसैँलाई स्वागत गर्ने कार्य नौलो मान्दै नयाँ पुस्ताले सरसफाइ कार्यमा सक्रियतापूर्वक जुटेका छन् । यस्ता समाजमा चलनचल्तीमा रहेका संस्कृतिलाई अवलम्बन गर्दै निरन्तरता दिन यहाँको वडा कार्यालयले सुरु गरेको अभियानमा सहभागीले नयाँ पुस्तामा संस्कृति सिक्ने वातावरण बनेको बताएका छन् ।

वडामा रहेका ११ वटै टोल विकास समितिमार्फत सरसफाइ अभियान सुरु गरी अहिले वडाका सबै टोल बस्तीमा सरसफाइ कार्यक्रम चलिरहेको वडासचिव वासुदेव ढकाल बताउनुहुन्छ । “नयाँ युगमा प्रवेश गरे पनि पुराना राम्रा चलनलाई निरन्तरता दिन बाजागाजासहित सबैलाई सकारात्मक सन्देश प्रवाह गर्न वडामा दसैँलाई स्वागतका साथ सरसफाइ अभियान थालनी गरिएको छ, पर्व अनुसार चलनचल्तीमा रहेका मौलिक संस्कृतिलाई हामी हराउन दिनुहँुदैन” उहाँ भन्नुहुन्छ । बाजा तथा भजनकीर्तन गरेर स्वागत गरेपछि गाउँमा दसैँको चटारो हुन्थ्यो ।

यहाँका स्थानीयवासीले वडा कार्यालयको सहयोगमा मौलिक संस्कृतिलाई अनुशरण गरी पहिलेजसो नै बाजा बजाएर गाउँघर सरसफाइ अभियान कार्यमा सहभागी हँुदा बल्ल दसैँ आएको अनुभूति गर्नुहुन्छ, स्थानीयवासी हुमा देवकोटा । यस अभियानको अन्य स्थानमा पनि सिको गरियो भने परम्परागत संस्कृति संरक्षण हुनेछन् । यस्ता कार्यमा स्थानीय सरकारले चासो दिएर काम गर्नुपर्नेछ ।

वडाका ११ वटै टोल विकास संस्थाको सक्रियतामा सरसफाइ अभियान कार्यक्रम सुरु गरिएको छ । पछिल्लो समय पिङ राख्ने र खेल्ने परम्परा गाउँघरमा हराउँदै जाँदा वडा कार्यालयले सबै टोलमा कम्तीमा एकवटा पिङ राख्ने अभियान ल्याएको छ । सबै टोल विकास संस्थालाई वडा कार्यालयमार्फत पिङ राख्न एक/एक वटा डोरी उपलब्ध गराउने वडाले जनाएको छ ।