५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगीले जनता हैरान हुँदा बालुवाटारमा रमिता छ– गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुलप्रसाद बाँस्कोटाले डेंगीले जनतालाई हैरान बनाएको बेला सरकारले रमिता गरिरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले बिहीबार एक ट्विट गर्दै जनतालाई डेंगीले आक्रान्त बनाइरहेको बेला बालुवाटारमा सत्ता गठबन्धन सिट बाँडफाँटमै रमाइरहेको भन्दै व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभाको समानुपातिक सूचीमा एकलौटी गरेपछि नेपाली कांग्रेसको शेखर कोइराला पक्ष पनि कांग्रेसको यस्तै डेंगीबाट त्राहिमाम बनेको बताउनुभएको छ ।

उहाँले डेंगीको यस्ता भयावह अवस्थामा पनि नागरिक समाजले कुनै खबरदारी नगरेको बताउनुभएको छ ।

उहाँको ट्विट यस्तो छ:

वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै छन।रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।