२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक



अ+ अ-

मोरङ । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो ।

प्रभातफेरीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादव, चिकित्सक, विभिन्न औषधि बिक्री प्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सो अवसरमा मेडिकल सुपरिटेण्डन्ट डा यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने बताउनुभयो । कोसी अस्पतालका डा दीपक सिग्देल, उत्तर मैनाली र औषधि बिक्री प्रतिनिधि अञ्जेश साहले नेपालमा ३० प्रतिशत युवामा मुटु रोग देखा परेकोले यसरोगबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ४५ मिनेट हिँड्डुल, हरियो सातपातको प्रयोग, धुवाँधुलोबाट जोगिनु र धूमपान प्रयोग नगर्न आग्रह गर्नुभयो ।