९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन
file
अ अ+ अ-

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । उहाँले माटो गाउँलेका घरमा पु¥याइदिएवापत दसैँ खर्च पाउनुहुन्थ्यो तर दुई वर्षयता उहाँलाई दसैँ खर्च जोहो गर्न मुस्किल भइरहेको छ । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयवासीले रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके ।

घर माटोले पोत्ने प्रचलन घट्दै गएपछि माटो बेचेर जीविका चलाउँदै आउनुभएकी विक अहिले पेशा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ । “मैले माटो बेचेर खर्च चलाउँदै आएको १७ वर्ष भयो, दुई वर्षदेखि माटो बिक्री हुनै छाड्यो, १५–२० बोरा बेच्यो भने पाँच सय आम्दानी हुन्छ, धेरै मान्छेले माटोले घर लिप्नै ९पोत्न० छाडिसके, अब माटो बेचेर ज्यान पाल्न गाह्रो छ, अरु नै पेशा गर्नुपर्ने भयो,” उहाँले भन्नुभयो ।

दसैँ–तिहारबाहेक अरु बेला पनि गाउँलेका घरमा माटो पु¥याउने गर्नुभएकामा अहिले वर्षमा दुई सय बोरा पनि बेच्न गाह्रो परेको गुनासो गर्दै उहाँले आफूले दसैँका बेलामा मात्रै पाँच सयदेखि आठ सय बोरा बाटो गाउँलेका घरमा पु¥याउने गरेको र अहिले एक सय बोरा पनि बिक्री हुन छाडेको बताउनुभयो ।

“मैले दसैँमा मात्रै माटो बेचेर रु १५हाजर देखि २० हजारसम्म आम्दानी गर्थेँ, अहिले वर्षभरिमा पनि रु १५ हजार कमाई हुँदैन, गाउँभरि टिन (जस्तापाता) र सिमेन्टबाट घर बन्न थाले, मान्छेहरूले मेरो माटो के किन्थे”, विकले भन्नुभयो, “पहिले–पहिले रातोमाटो र सेतो कमेरोले घर पोत्दा गाउँ नै निकै राम्रो देखिन्थे, अहिले बजारबाट आउने रंगले कमेरो र रातोमाटो प्रयोग हुनै छोड्यो ।”

गाउँमा परम्परागत ढुङ्गा, काठ र माटोले बनेका घर विस्थापित हुन थालेपछि माटोले घर पोत्ने प्रचलन हराउँदै गएको निसीखोला–२ की फूलमाया कुँवरले बताउनुभयो । “गाउँले घरआँगन लितपोत गर्न थाले भने दसैँ आएको आभाष हुन्थ्यो, घर लिपेर चोख्याएपछि घटस्थापनाका दिनमा जमरा राख्ने गरिन्थ्यो, अहिले त बजारबाट रङ किनेर ल्याएर लगाउँछन्, माटो कमेरोको प्रयोग हुनै छोड्यो”, उहाँले भन्नुभयो ।

कुँवरले आधुनिकताले परम्परालाई विस्थापित गर्न थालेको भन्दै अहिले दसैँको रौनक पनि हराउँदै जान थालेको गुनासो गर्नुभयो । माटो र कमेरो गाउँले जनजीवनसँग जोडिएको थियो भन्दै देखासिकी र प्रविधिको विकासले परम्परा जोगाउन नसकिने अवस्थामा पुगेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “माटो र कमेरो त हामी गाउँलेहरूको जनजीवन र पहिचानसँग जोडिएको थियो, पहिले–पहिले गाउँका सबै घर रातोमाटो र सेतो कमेरोले पोतिएका हुन्थे, टाढाबाट देख्दा पनि गाउँले परिवेश झल्किन्थ्यो, आधुनिकताले सबै मेटाउन थाल्यो, पछिल्लो पुस्ताले त झन् देख्नै पाउने छैनन् ।”

केही वर्ष अगाडिसम्म निसीखोला गाउँपालिका–४ को बडाचौरमा रातोमाटो ल्याउन आउनेको निकै भिड लाग्ने गथ्र्यो तर पछिल्लो दुई वर्षदेखि निकै कम भएको स्थानीय बलबहादुर खत्रीले बताउनुभयो । पछिल्लो समय गाउँमा ढुङ्गे घरमासमेत कृतिम रङ लगाउन थालेपछि माटो र कमेरोको प्रयोग कम हुँदै गएको उहाँको भनाइ थियो ।

“यो ठाउँमा माटो ल्याउन आउनेको ठूलो भीड लाग्थ्यो, दसैँको बेलामा त झन् पालो गरेर माटो लैजानुपर्ने अवस्था थियो तर अहिले मान्छेहरु आउनै छाडे”, खत्रीले पुरानो माटो निकालिएको ठाउँ सिकाउँदै भन्नुभयो, “यहाँबाट सयौँ बोरा माटो निकालेर टाढा–टाढा पु¥याउँथे, यो गाउँका मात्रै होइन, धेरै गाउँबाट मान्छेहरु माटो ल्याउन यहाँ आउने गर्थे ।”

अहिले गाउँमा खर र ढुङ्गाका घर विस्तारै हराउँदै गएको भन्दै सिमेन्ट र जस्तापाताले बनेका घर बढिरहेको उहाँको भनाइ थिायो । पहिले विद्यालयका भवन पनि माटो र काठेले बनेको हुँदा दसैँका बेला माटो र कमेरोले लिप्ने गरेको खत्रीले स्मरण गर्नुभयो ।

“यो गाउँमा आधा दशक अगाडिसम्म पूरै घर ढुङ्गा, काठ र माटोले बनेका थिए, कति घर खरले पनि छाएका थिए, अहिले खरको घर त देख्नसमेत पाइँदैन, विद्यालय पनि ढुङ्गा माटोले बनेका थिए, दसैँका बेला विद्यार्थीले रातोमाटो र कमेरोले लिप्ने गर्थे, अहिले विद्यालय पनि सिमेन्टले बने, सिमेटले बनेका घरमा रातो माटोले लिप्ने कुरा भएन”, उहाँले भन्नुभयो, “अहिलेसम्म त केहीले माटोले घर पोत्दै आएका छन्, अबको दुई÷चार वर्षमा गाउँमा कोहीले पनि माटो र कमेरो प्रयोग गर्ने छैनन् ।”

बागलुङका १० वटै स्थानीय तह खरको छानो मुक्त पालिका अभियानमा जुटेका छन् । सो अभियानअनुसार गाउँमा भएका पुराना खरका छाना हटाएर जस्तापाताले छाउन थालेका छन् । जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगायत पालिकामा अहिले खरका घर पूर्णरूपमा विस्थापित भएका छन् । रासस