९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

समान न्याय र अवसरका लागि नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा डा.शेखर समुहको धर्ना(भिडियोसहित)

समान न्याय र अवसरका लागि नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा डा.शेखर समुहको धर्ना(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षीय समूहले पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएको छ । पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोईराला पक्षधर नेता कार्यकर्ताहरुले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

धर्नामा सहभागि नेताहरुले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन् । नेपाली काँग्रेसका नेता जगदिश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरुको मनशाय रहेको बताउनु भयो ।

उहाँले शेखर कोईराला पक्षका नेताहरुको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुनेगरी बन्द सूचीमा राखिएको बताउनु भयो । उहाँले समानुपातिक बन्द सूचीमा रहेका नामहरु सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरुको माग रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘समान न्याय र अवसरका लागि, पार्टी भित्र सबैलाई न्याय होस् । सबैले समान अवसर पाउन् भन्ने नै हाम्रो मनशाय हो । जुन परिस्थिति सिर्जना भयो । समानुपातिकको नामावली सूचीपछि हामीलाई अलिकति सशंकित बनायो । किनभने समानुपातिक सूचीमा जसरी नाम राखिएको छ । निर्वाचित नहुनेगरी केही साथीहरुको नाम छ । त्यसको अर्थ नाम झुन्डियाइदिएको छ, तर त्यो नाम निर्वाचित हुन सक्दैन । त्यसको अर्थ के हो भने शेखर समूहको अथवा पार्टीको इतर समूहको समानुपातिकमा पनि कोही पनि निर्वाचित नहोस् र भोली प्रत्यक्ष टिकट दिँदा पनि हरेक ठाउँमा त्यही ढंगले अन्यायपूर्वक निर्णय हुन थाल्यो भने त्यसलाई हामीले पार्टीका नेताहरुलाई सचेत गराएका हौँ ।

पार्टीभित्र त्याग, तपस्या, बलिदानी, निष्ठा, आदर्श, लोकप्रियता, जनप्रियता, जनताको बिचमा रहेका, टिकट दिँदा त्यस्ता मान्छेले पाउनुपर्छ । टिकट दिँदा कोही समूहका नाममा, आफ्नो मान्छेका नाममा बलजफ्ती थोपर्नु हुन्न । टिकट दिदाँ जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो । समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुप¥यो । उहाँहरुको तीन भए हाम्रो चार हुनुप¥यो । यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो । अनुरोध हो ।’

नेपाली काँग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताउनु भयो । उहाँले बन्द सूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने बताउनु भयो । उहाँले भन्नुभयो – ‘निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो । समानुपातिकको बन्दसूचीको लिस्टबाट । यसमा आम कार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ । सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ ।’

काँग्रेस नेता भूपेन्द्रजंग शाहीले नेपाली काँग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीको अधिवेशनमा अरुलाई भोट दिएको आधारमा नेताहरुको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताउनु भयो । उहाँले भन्नुभयो – ‘समान अवसर र न्यायको खाँचो छ । यो कसैको व्यक्तिगत पार्टी होइन ।

यो पार्टीमा लाग्ने हरेकको यो पार्टीमा उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ । मापदण्ड बनाउनु जरुरी छ । हिजो त्याग गरेका मानिसहरुले अधिवेशनमा कसलाई भोट दिए, कसलाई भोट दिएनन् भन्ने आधारमा उनीहरुको राजनीति सक्न खोज्ने, उनीहरुको राजनीतिक हत्या गर्न खोज्ने, उनीहरुलाई किनारामा लाउन खोज्ने काम भइरहेको छ । यो कुराले नेपाली काँग्रेसलाई थप कमजोर बनाउँछ । पार्टीलाई बलियो बनाउन सक्दैन भन्ने हाम्रो कुरा हो ।’

उहाँले पार्टी भित्र हरेक कार्यकर्ताहरुको मूल्यांकन गर्ने मापदण्ड बनाउनु जरुरी रहेको बताउनु भयो ।