४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु नै पुग्छन् : पूर्वसांसद अमरेश सिंह

अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु नै पुग्छन् : पूर्वसांसद अमरेश सिंह
अ+ अ-

काठमाडौँ। असोज २३ गते अगाडी दलभित्रका विकृतिका बारेमा बोल्न पनि सोच्नु पर्छ । टिकटको कुरा छ, सबै दागा धरेर बसेका छन् । पछिल्लो ५ वर्ष सांसद हुँदा यो संविधान लामो जाँदैन भन्ने मेरो बुझाइ रह्यो ।

संसद्मा विचार दिने बहस गर्नेको काम नै छैन । त्यहाँ त औँठाछाप भए पुग्छ । अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु नै पुग्छन् । इतिहासदेखि आजसम्मको मूल्याङ्कन गर्दा यति कमजोर संसद् कहिल्यै पनि देखेको थिइनँ ।

सासंदहरु दलपतिको खुट्टामा राख्ने हैसियतमा छन् । संसद् विघटनको विषय, प्रधानन्यायाधीशविरुद्ध किन महाअभियोग आयो ? नागरिकता विधेयक संसद्को कार्यकाल सकिने बेला किन हतार हतारमा आयो ? संसदमा यी विषयमा विषयमा गम्भीररुपमा छलफल नै भएन । न त्यसको कसैले औचित्य पुष्टि गरे ।

संसद्मा सांसदको हैसियत नै फरक छ । त्यही संसद्को एक सदस्य मन्त्री भएपछि सकेजति बजेट लिएर निर्वाचन क्षेत्र जान्छ, अर्को निरिह भएर लुरुलुरु जान्छ । जनताको नजरमा ऊ बजेट ल्याउन नसक्ने सांसदको रुपमा चित्रित हुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुले जति पनि लुटेका छन् ।

समानुपातिक समावेशीको धज्जी उडाइएको छ । संघीयताको वकालत गर्ने प्रधानमन्त्री र मन्त्रीहरु अधिकार दिनै चाहँदैनन् । जसका कारण पनि राजनीतिक पूर्वाधारको हिसाबमा यो राजनीतिक प्रणाली लामो जाँदैन । यदि संसद् सार्वभौम थलो हो भने ह्विप हटाउनु पर्छ । विधेयकहरु बनाउन पनि सासंदको कुनै भूमिका हुँदैन, बाहिर तयार हुन्छ, गैरसरकारी संस्थाले बनाउँछ, त्यहाँ औपचारिकताका लागि मात्र पेश हुन्छ । दलपतिको विवेकका आधारमा मात्र चल्छ ।

केन्द्रको त यो हालत छ भने प्रदेश सरकारको हालत कस्तो होला रु प्रदेशलाई अधिकार नै छैन । भ्रष्टाचार व्यापक छ, शिक्षा स्वास्थ्य ध्वस्त छ भने बनेका पूर्वाधारहरु यति कमजोर छन् कि ती बजेट सक्न मात्र बनाइएका हुन् । कानूनको व्यापक दुरुपयोग भएको छ ।

नेपाली कांग्रेसका पूर्वसांसद अमेरशकुमार सिंहले मंगलबार राजधानीमा आयोजित ‘संघीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन’ कार्यक्रममा व्यक्त गर्नुभएको विचार