२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचाररत निवर्तमान मन्त्री आलेले बेडबाटै दिए मुटुरोगीलाई सहयोग



अ+ अ-

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित बन्नु भएकी डोटीको आर्दश गाउँपालिका–५ बस्ने गोरे सिलालकी ७ वर्षीया छोरी पवित्रा सिलालको उपचारका लागि आज आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

डेङ्गी तथा निमोनिया रोगले आफै काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आफ्नो उपचार गराइ रहनुभएका निर्वतमान मन्त्री आलेले मुटुरोग पीडित निज बालिका तथा उहाँका आफन्तलाई अस्पतालमै बोलाएर आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभएको हो ।

बिसं २०७८ सालदेखि मुटुरोगले पीडित बनेकी निज बालिकाको उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमान मन्त्री आलेले केही महिना पहिले रु १५ हजार तथा आज रु २० हजार गरी कुल रु ३५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको मुटुरोग पीडित बालिकाका बुवा गोरे सिलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुटुरोगको समस्याले छोरीको उपचारमा समस्या भएको थियो, पूर्व मन्त्री ज्यूले हामीलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ, हामी सरै खुशी छौँ, उक्त सहयोगले मेरो छोरीको उपचारका केही हद सम्म भएपनि सहज हुने छ ।”

आफु विरामी भएर अस्पताल भर्ना भएपनि छोरीको उपचारका लागि आर्थिक सहयोग गरेकोमा खुशी जनाउँदै गोरे सिलालले सामाजिक सञ्जाल मार्फत पूर्व मन्त्री आलेलाई धन्यवाद समेत व्यक्त गरेका छन् । निर्वतमान मन्त्री आलेले डोटी सहित समग्र सुदूरपश्चिमका नागरिकहरु विरामी पर्दा आर्थिक सहयोग दिँदै आउनु भएकाले त्यहाँका नागरिकहरु विरामी पर्दा पूर्वमन्त्री आलेकै घरमा धाउने गरेका छन् ।