१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

बागलुङमा ठेला व्यवसाय हटाइदै

बागलुङमा ठेला व्यवसाय हटाइदै
फाईल फोटो
अ अ+ अ-

गलकोट । बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले एक महिनाभित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफूल र चनाचटपटलगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडालगायतका सामग्री बोकेर घरघरमा डुल्ने पोके व्यापारीलाई हटाउने निर्णय गरेको हो ।

“एउटाले रु ५० हजार भाडा तिरेर सटरमा फलफूल व्यवसाय गर्छ, नगरपालिकालाई करसमेत तिर्छ तर उसैको अगाडि सडकमा ठेला व्यवसायले धमाधम फलफूल बिक्री गर्दछ, उस्को व्यवसाय न दर्ता हुन्छ न कर नै तिर्दछ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो । “ एक महिनाभित्रै आफैँ हट्न भनेका छौँ, नहटे नगरले हटाउँछ”, उहाँले भन्नुभयो ।

बजारभन्दा बाहिरबाट खरिद गरेर गाउँगाउँमा बिक्री वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । बागलुङ बजारमा एक सयभन्दा बढी बिना दर्ताका ठेला व्यापारी रहेको नगरपालिकाको भनाइ छ ।