२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा ठेला व्यवसाय हटाइदै



फाईल फोटो
अ+ अ-

गलकोट । बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले एक महिनाभित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफूल र चनाचटपटलगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडालगायतका सामग्री बोकेर घरघरमा डुल्ने पोके व्यापारीलाई हटाउने निर्णय गरेको हो ।

“एउटाले रु ५० हजार भाडा तिरेर सटरमा फलफूल व्यवसाय गर्छ, नगरपालिकालाई करसमेत तिर्छ तर उसैको अगाडि सडकमा ठेला व्यवसायले धमाधम फलफूल बिक्री गर्दछ, उस्को व्यवसाय न दर्ता हुन्छ न कर नै तिर्दछ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो । “ एक महिनाभित्रै आफैँ हट्न भनेका छौँ, नहटे नगरले हटाउँछ”, उहाँले भन्नुभयो ।

बजारभन्दा बाहिरबाट खरिद गरेर गाउँगाउँमा बिक्री वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । बागलुङ बजारमा एक सयभन्दा बढी बिना दर्ताका ठेला व्यापारी रहेको नगरपालिकाको भनाइ छ ।