९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दसैँ सुरुः नयाँ बसपार्कमा यात्रुको चहलपहल बढ्यो

दसैँ सुरुः नयाँ बसपार्कमा यात्रुको चहलपहल बढ्यो
अ अ+ अ-

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ सुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको चहलपहल बढेको छ । गत वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कम यात्रुहरू घर गए पनि यसवर्ष भने दसैँ सुरु भएसँगै नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको हो ।

देशको विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, अध्यापन, व्यापार, व्यवसाय र रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जान सुरु गरेसँगै नयाँ बसपार्क क्षेत्रमा यात्रुको चहलपहल बढेको हो ।

घटस्थापना सुरु भएसँगै घर जानेमा अधिकांश बालबालिका, विद्यार्थी र बालबालिकाको आमाबाबु रहेका छन् । दसैँ सुरु भएसँगै बालबच्चाको बिदा सुरु भएकाले घर जान हिँडेको अर्घाखाँचीकी देविका पौडेल बताउँछिन् । रोल्पा जानका लागि हिँडेका पवन ओली कक्षा १२ मा पढ्छन् । कलेजले बिदा दिएकाले आफू बडादसैँ मनाउन घर जान लागेको उनले सुनाए । दसैँ सुरु भएसँगै सोमबारदेखि लामो दूरीका सवारीसाधन भरिन थालेका छन् ।

सरकारले लामो तथा मध्यम दुरीका यात्रुलाई दसैँमा सहज घर जानका लागि गत असोज १ गतेदेखि अग्रीम टिकट बुकिङ खुला गरेको थियो । छोटो दुरीका सवारी साधनका लागि पनि टिकट बुकिङ खुला भइसकेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल लामो तथा मध्यम दूरीमा जाने यात्रुका लागि असोज १ देखि खुला गरिएको टिकट बुकिङमा हालसम्म ७० हजार यात्रुले अग्रीम टिकट लिएको बताउँछन् । छोटो दुरीका सवारीसाधनको अग्रीम टिकट बुकिङ खुला भएको छ । काठमाडौँदेखि पोखरा, बाग्लुङ, पर्वत, गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोटलगायतमा जाने यात्रुका लागि लक्षित गरी अग्रीम टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता डेकनाथ गौतमले गत वर्षको तुलनामा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्ने बताउँछन् । “दसैँ लगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएकाले विगत वर्षभन्दा यसवर्ष दसैँमा घर जाने यात्रुको सङ्ख्या बढ्छ”,उनी भन्छन् । महासचिव गौतमका अनुसार यसवर्ष उपत्यकाबाट २० लाखभन्दा बढी यात्रुहरु दसैँ मान्नका लागि बाहिरिन्छन् ।

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर ‘रुट परमिट’ समेत खुला गरेको छ । आजदेखि दसैँको पूर्णिमा (असोज २३ गते)सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी उक्त व्यवस्था गरेको हो । रुट परमिट खुला गरेसँगै व्यवसायीले यात्रुलाई सहज गन्तव्यसम्म लैजानका लागि परेका छन् ।

महासङ्घका सल्लाहकार एवं पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल यात्रुलाई सहज रुपमा सेवा प्रदान गर्न प्रालिको कोषबाट चालकलाई पैसा दिएर सेवामा समर्पित गराएको बताउँछन् । “व्यवसायी आफ्नो सेवामा कटिबद्ध छौँ, वर्षाले बिग्रेका बाटो सरकारले समयमै मर्मतसम्भार गरे यातायात आवतजावतमा सहज हुने थियो”, उनी भन्छन् । पश्चिम नेपालसहित अधिकांश व्यवसायीले यात्रुलाई सहज सेवा प्रदान गर्न प्रालिको कोषबाट बजेट विनियोजन गरी सेवामा समर्पित भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, साङ्गा, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउँछन् ।