४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने
अ+ अ-

काठमाडौँ । नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशका २०७१’ र सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०७६ दुवै कानुनमा ९० प्रतिशत भागमा चेतनामूलक र सन्देशमुलक सामग्री राख्ने उल्लेख छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने)ऐन २०७६ को दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेनिङ र लेबलको बाहिर कूल भागमध्ये कम्तिमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्नेजस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने उल्लेख छ ।

निर्देशिकामा दफा ४ मा चुरोटको बट्टा, प्याकेट र यापर्सको मुख्य माथिल्लो भागको अगाडि र पछाडि ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र राख्नुपर्ने अनिवार्य व्यवस्था रहेको थियो ।

चुरोटको बट्टा, प्याकेट र ¥यापर्समा मुख्य भागमा ७० प्रतिशत चित्र र २० प्रतिशत चेतनामूलक सन्देश राख्ने निर्देशिकामा उल्लेख गरिएको थियो । तर उत्पादक कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ अनुसार नै बट्टामा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक रङ्गिन चित्र राखी पछिल्लो निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र घातक चित्र राखेका थिएनन् । सर्वोच्च अदालतले सुर्तीजन्य पदार्थ ९नियन्त्रण तथा नियमन गर्ने ० ऐन २०७६ र निर्देशिका २०७१ अनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यन्वयनमा आउनुपर्ने आदेश दिए पनि अब अनिवार्य रुपमा कार्यन्वयनमा जानुपर्ने भएको छ ।

विसं २०७२ जेठ १ गतेदेखि निर्देशिका र ऐनअनुसार ९० प्रतिशत चेतनामूलक र रङ्गिन चित्र कार्यान्वयनमा आउनुपर्ने उत्पादकले कार्यान्वयन नगरेपछि बाध्य भएर सर्वोच्च अदालतलेमा रिट दायर गर्नुपरेको थियो ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को दफा ९ मा कूल भागको ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने चेतनामूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रङ्गिन चित्र प्रस्ष्ट रुपमा बुझने र लेख्नेगरी नेपाली भाषामा छाप्नुपर्ने उल्लेख छ ।

सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत मात्र चेतनामूलक र घातक चित्र राखेर मानिसमा चुरोट सेवन गर्ने घटेको पाइएको थियो । एक्सन नेपालले गरेको एक अध्ययनले ५५ प्रतिशत चुरोट सेवन गर्नेमा कमी आएकोे बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको बाहिरी भागमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र अङ्कित भए मानिसले चुरोट सेवनमा कमी आउने बताउनुभयो ।

“विभिन्न अध्ययन अनुसन्धानले पनि जति ठूलो चुरोटमा घातक चित्र भयो । त्यति नै मानिस डराएर सुर्तीजन्य पदार्थको सेवन गर्दैनन् भन्ने पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “अब हामीले पनि सुर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने वित्तिकै मानिसले सेवन गर्न छाड्ने छन् ।”

उहाँले सर्वोच्च अदालतको पूर्ण आदेश आएपछि सुर्तिजन्य पदार्थको उत्पादक कम्पनीलाई पत्र लेखेर चुरोट, खैनी जस्तोको बट्टामा ९० प्रतिशत चेतनामूलक र घातक चित्र राख्ने निर्देशन दिने बताउनुभयो ।

नेपालमा सुर्तीजन्य सेवनबाट वार्षिक करिव २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ ।

चुरोट सेवन गर्नेमा बढी हृदयघात
चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको गंगालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी बताउँछन् । युवामा चुरोट सेवन गर्ने क्रम बढेको पाइन्छ । हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेको उहाँको भनाइ छ । उहाँका अनुसार ४० वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने गर्दछ ।

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला पनि हृदयघात ६० वर्षमाथिकामा हुने गरे पनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउँछन् । “चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ”, उहाँले भन्नुभयो । रासस