२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका गाडी



अ+ अ-

काठमाडौँ । चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् ।

विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेकालगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

भन्सार कार्यालयमा रहेका गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरी, पैठारी गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको गोदाममा थन्किएका छन् ।

यसअघि २०७५ सालको वैशाख, जेठतिर गरिएकोे लिलामबाट भन्सार कार्यालयले झण्डै रु चार करोड राजस्व असुली भएको थियो । दसैँ, तिहारपछि गाडी लिलाम हुने कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्मा बताउनुहुन्छ ।

“यातायातको इञ्जिनीयरले सबै गाडी हेरिसक्नुभएको छ, त्यसको रिपोर्ट तयार भइरहेको छ”, उहाँले भन्नुभयो, “रिपोर्ट प्राप्त गरेपछि मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।”

विगतमा कोरोनालगायत विभिन्न कारणले गाडी लिलाम गर्नमा ढिलाइ भए पनि अब भने त्यस्तो नहुने उहाँको दाबी छ ।

“कर्मचारी अपुग भएकाले लिलामका लागि ०७८ साल माघमा विभागबाट कर्मचारी थप तथा काजमा मागेका थियौँ, त्यस पछि गाडीको चेसिज, इन्जिन हेरेका थियौँ”, भन्सार अधिकृत विश्वकर्माले भन्नुभयो, “लिलाममा ढिलाइ हुदा गाडीको मूल्य घट्ने हुनाले त्यसो नहोस् भनेर आर्थिक वर्ष २०७८/७९ मा सक्ने चाहना थियो, तर प्रावधिक कारणले गर्न सकेनौँ, अब यसमा एक÷दुई महिनाभन्दा बढी लाग्दैन ।”




भर्खरै