२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण



file
अ+ अ-

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ ।

केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि उहाँलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका अनुसार चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा उहाँमा डेंगु संक्रमण पुष्टि भएको हो । उहाँको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीका चिकित्सकले संयुक्त रुपमा जाँच गरेको अस्पतालले जनाएको छ ।

अस्पतालको डिलक्स क्याबिनमा उपचाररत उहाँको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने अवस्था नरहेको पनि अस्पतालले जनाएको छ ।