५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित कृति ‘तुषानल’ सार्वजनिक



अ+ अ-

काठमाडौं । पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति सार्वजनिक भएको छ । पैरवी बुक्स प्रकाशन प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर डा तिलक रावल, संविधानविद् डा भीमार्जुन आचार्य र सामाजिक अभियान्ता एवं लेखिका सरु जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

तुषानल अर्थात् भुसको आगोको नाममा प्रकासन भएको मपुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको छ ।

कार्यक्रममा पूर्वगर्भनर डा रावल, संविधानविद् डा आचार्य, लेखिका जोशी र राजनीतिक विष्लेषक प्रा पुरुषोत्तम दाहालले बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको उल्लेख गर्दै लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मज्बुत तुल्याउने धाराणा व्यक्त गर्नुभयो ।

कृतिकार त्रिपाठीले एक पत्रकारका हैसियतले आफूले देखेको, भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको जानकारी दिनुभयो ।