९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या

कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या
अ अ+ अ-

कुश्मा। “मेरो छोरीको अष्ट्रेलियाको भिसा लाग्न के गर्ला गुरु ?”, पोखराबाट छोरीसहित आउनुभएकी शर्मिला गुरुङले छेउमै रहेकी छोरीतर्फ हेर्दै थप सोध्नुभयो, “विवाह कुन उमेरमा गर्दा राम्रो होला, भनिदिनु है गुरु ।”
कहलिएको पाङको ज्योतिष विद्या पुस्तान्तरणमा समस्या

पाङको ज्योतिष विद्यालाई लिएर एउटा भनाइ प्रचलित छ, “न्याय हराए गोर्खा जानु, ज्योतिष विद्याका लागि पाङ जानु ।” आफ्नो र परिवारको भविष्य जान्न पोखराबाट पाङ आइपुग्नुभएकी गुरुङ जस्तै धेरैले चिना चिर्कटो हातमा समातेर आफ्नो पालो कुरेर बसिरहनुभएको थियो ।

“तपाईको तीन भाई छोरा रैछन्, दुईवटा चाहिँ विदेश गएको देखाउँछ, एउटा कान्छो चाहिँ नेपालमै व्यापार केही गरेर बसेको भन्ने देखिन्छ”, चिना देखाएर छोराको भविष्य थाहा पाउन स्याङ्जाबाट आउनुभएकी एक महिलातर्फ हेर्दै ज्योतिष खगराज रिजालले भन्नुभयो, “कान्छाले विदेश जान धेरै मेहनत पनि गरेको देखिन्छ, अझै दुई सालजति विदेशको योग देखिएन ।”

आफ्नो र परिवारको भविष्यबारेमा ज्योतिष खगराजले भनेका धेरै कुरा मिलेपछि उहाँहरु दङ्ग देखिनुहुन्थ्यो । ८२ वर्षका रिजाल नाम चलेको ज्योतिषका रुपमा चिनिनुहुन्छ । अहिले पनि उहाँकामा भविष्यबारे जान्न कुश्मा, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, काठमाडौँलगायतका सहरबाट मान्छे आउने गर्छन् ।

एक समय पाङ ज्योतिष विद्याका लागि प्रख्यात थियो । भूत, भविष्य र वर्तमान बताउनसक्ने भएको हुँदा यहाँका ज्योतिषको महिमाबारे दरबार पनि जानकार थियो । ज्योतिष खगराजका छोरा रमाकान्तका अनुसार बाजेले दरबारको भविष्यवाणी मिलाएवापत उहाँलाई श्री ३ मोहनशम्शेरले चितवनको देबनगरमा २५ बिघा जमिन बिर्ता दिनुभएको थियो ।

“श्री ३ मोहन शम्शेरकी श्रीमती सिकिस्त बिरामी परेपछि विदेश उपचार गर्न लैजाने भन्ने भएछ र त्यसभन्दाअघि चाहिँ ज्योतिषबाट ग्रहगोचर जान्ने मोहन शम्शेरको चाहना भएछ”, उहाँले भन्नुभयो, “रमाकान्त हजुरबुवाले ग्रहगोचर हेर्दा बाँच्ने कुनै सम्भावना देख्नुभएन छ । सिधै बाँच्नुहुन्न भन्न अप्ठ्यारो पर्ने भएकाले उहाँले १५ दिनसम्म महाअनिष्ट भएको हुँदा विदेश लैजान हुँदैन भन्नु भएछ, नभन्दै मोहन शमशेरकी श्रीमतीको १५औँ दिनमा मृत्यु भएछ ।”

पाङलाई ज्योतिष विद्याको राजधानीका रुपमा पनि अथ्र्याउने गरिन्छ । ज्योतिष अध्ययनका लागि देशभरका विद्यार्थी यहाँ आइपुग्ने गर्थे । बिहानबेलुका पाङको कुनाचौरमा बसेर ज्योतिष पढ्दा छिमेकी जिल्ला बागलुङसम्म पनि आवाज गुञ्जयमान हुने गरेको कुरा शास्त्री दोणराज उपाध्यायले बताउनुभयो । “नेपालदेखि मात्र नभएर भारतबाट पनि विद्यार्थी आइपुग्थे”, ७४ वर्ष पुग्नुभएका उपाध्यायले भन्नुभयो, “हामी तीन÷चार सय जनाले एकैपटक पढ्दा पहरो नै घनकिन्थ्यो, गुञ्जयमान हुन्थ्यो । तर आज सुनसान र शून्यता छ । ऐतिहासिक पृष्ठभूमि नबुझ्दा ज्योतिष विद्या लोप हुने खतरामा पुगेको छ ।”

संस्कृतमा शास्त्री गर्नुभएका उपाध्यायले राज्य नै संस्कृत शिक्षाप्रति उदासिन भइदिँदा परम्परादेखि चलिआएको धर्म, संस्कृति र भाषा लोप हुने खतरामा रहेको बताउनुभयो । “सस्कृत भाषाको उद्गमस्थल भएर पनि संस्कृत लोप भएको छ”, उपाध्यायले भन्नुभयो, “पश्चिमा देशको देखिसिकी र आधुनिक शिक्षाका नाममा मातृभाषालाई अपमान गर्ने काम भएको छ, जसका कारण ज्योतिष र संस्कृत भाषा पढ्ने विद्यार्थी पाउन मुस्किल बनेको छ ।”

पाङका अग्रज उमानन्द रिजालले १३ सय वर्षअघिदेखि नै पाङमा चिना, चिर्कटो, हस्तलेखा, आखतलगायत हेर्ने, हेराउने काम सुरु भएको बताउनुभयो । “पाङका शोभाखर रिजालले १३ सय वर्षअघि लेखेको हस्तलिखित किताबमा आफूले अवन्ती ९भारतको उज्जैन० देशमा पढेको भनी उल्लेख गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यो हस्तलिखित पहिले मैसँग सुरक्षित थियो, पछि काठमाडौँमा ज्योतिष सम्मेलनका बेला तेजनाथ रिजालले मबाट लिएर जानुभएको हो ।” उहाँका अनुसार आफूसँग भएको हस्तलिखित प्रमाणलाई जित्नसक्ने प्रमाण कहीँकतैका ज्योतिषले देखाउन सकेका थिएनन् ।

पाका ज्योतिष खगराजले भविष्य मार्गदर्शन गर्ने मात्र होइन ज्योतिष विद्या पढाउने कामसमेत गर्नुहुन्थ्यो । उहाँले नेपालदेखि भारतसम्म पुगेर ज्योतिष ज्ञान बाँड्ने गर्नुहुन्थ्यो । “व्यक्तिका घरमा विद्यार्थी नअटाएर खेतमा, चौरमा बसेर पनि पढ्थे”, ६० वर्ष अघिको कुरा स्मरण गर्दै ज्योतिष रिजालले भन्नुभयो, “पूर्व दिङ्लादेखि पश्चिम दाङसम्मका विद्यार्थी पाङ आइपुग्थे ।”

अहिलेका केही ज्योतिषले भविष्य मार्गदर्शन गर्ने यो विद्यालाई मागीखाने भाँडो बनाएकोप्रति ज्योतिष रिजालको आक्रोस छ । “ल्यापटप बोकेर गल्लीमा बस्ने नाङ्ले ज्योतिषले ज्योतिष विद्यालाई नै विकृत बनाएका छन्”, उहाँले भन्नुभयो, “लगन, ग्रह, कुण्डलीका बारेमा पढेर ऋषिमतको अनुसार फलादेश गर्नुपर्छ ।”

रिजालले १६ वर्षबाट नै मानिसको भविष्य बताउन सुरु गर्नु भएको थियो । पुर्खादेखि ज्योतिष पेशा पुस्तान्तरण हुँदै उहाँसम्म आइपुग्दा बाइसौँ पुस्ता भएको छ । “मेरो छोरामा आएर ज्योतिष कर्म टुङ्गिने भयो”, उहाँले चिन्ता मान्दै भन्नुभयो, “गाउँमा एउटा गुरुकूल स्थापना गर्न पाए हुन्थ्यो, म उमेरले बुढो पनि भएँ, जाँदै गर्दा मसँग भएको ज्ञान सबैमाझ बाँड्न पाए हुन्थ्यो ।” उहाँको छोरा रामप्रसाद रिजाल चाहिँ शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।

यो विद्यामा पारङ्गत धेरै ज्योतिष बसाइँसराइ गरी अन्यत्र गइसकेका छन् । गाउँमा रहेका पनि बुढ्यौलीसँगै कमजोर बन्दै गएका छन् । युवापुस्तामा यस पेशालाई लिएर खासै चासो र चिन्ता भेटिदैन । उहाँहरुका सन्तान पनि विभिन्न पेशा र व्यवसाय अँगाल्दै आइरहेको अवस्था छ । ज्योतिष रिजालका शिक्षक छोरा रामप्रसादले आफूले बाउबाजेको परम्परालाई जोगाउन नसकेकामा दुःखी हुनुहुन्छ ।

“साथीभाइको सङ्गतका कारण आधुनिक शिक्षातर्फ आकर्षित भएछु”, उहाँले भन्नुभयो, “परम्परागत सम्पत्तिबाट टाढा हुँदै गएको कुरा पछि थहा पाएँ । यसलाई निरन्तरता दिन नसकेकामा पीडा हुने गरेको छ”, उहाँले ग्रहले पार्ने प्रभावका आधारमा मान्छेको भविष्यलाई मार्गदर्शन गर्ने पवित्र कार्यमा आफू संलग्न हुन नसेकेपनि छोरालाई चाहिँ ज्योतिष अध्ययन गराएको बताउनुभयो । “मेरो छोराले बहुमुखी बन्नुपर्छ भनेर बिबिएस सकेर ज्योतिष विद्या पनि अध्ययन गरेको छ”, उहाँले भन्नुभयो, “छोराले ज्योतिष परम्परालाई निरन्तरता दिन्छ भन्नेमा विश्वस्त छु ।” (((