९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन समाधान आवश्यक

बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन समाधान आवश्यक
अ अ+ अ-

भजनी । बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर । बाढीले भत्काएका घरका भित्ता । हिलाम्मे घरका आँगन । बाढी पसेपछि हिलाम्मे भएका घरमा गहुँको भुसले ओभानो बनाएर जीवन कटाउनुपर्ने बाढी पीडितको बाध्यता ।

कैलालीको भजनी नगरपालिका–८ गोरचौराका सन्तराम चौधरीको जनजीवन यस्तै छ । घरको आगनमा बस्न सक्ने अवस्था छैन । कच्ची माटोले बनाएका घर बाढीले छियाछिया बनाएको छ । घरभित्र बाढीसँगै आएको लेदो सुकेको छैन । घरका कोठा सुक्खा बनाउन, चौपायालाई खुवाउनका लागि राखेको गहुँको भुसले घर ओभानो बनाउने प्रयास गरिएको छ ।

“तीन रात खुला आकाशमुनि बिताएर घर फर्किएका छौँ । घरको अवस्था तपाईले देखिहाल्नुभयो ।” सन्तरामले भन्नुभयो, “खुला आकाशको असुरक्षित बसाइँ । निकै अप्ठ्यारो भयो । घरमा भएपछि आफ्नो सुरक्षा र घरको सुरक्षा होला भनेर पनि घर फर्किनुपर्यो ।”

सन्तरामजस्तै सयौँ घरको अवस्था उस्तै छ । घरका आँगन कसैका सुख्खा छैनन् । घर वरिपरि हिलाम्मे छ । आवतजावतमा निकै समस्या छ । घरभित्र पनि सुरक्षित हुने वातावरण छैन । घर सुक्खा बनाउनको लागि स्थानीयले हर प्रयास गर्दै आएका छन् । “किरा फट्याङ्ग्राको जोखिम छ । काठका घरमा बस्दा कतैबाट किरा फट्याङ्ग्राको आक्रमण हुन्छ कि भन्ने त्रासले रातदिन सताइरहन्छ ।” भजनी नगरपालिका–८ कि सम्झना विकले भन्नुभयो, “आफुभन्दा पनि बालबालिकालाई सुरक्षित राख्न कठिन भएको छ । खानलाई अन्न छैन । पिउनलाई पानी । बालबालिका छैन भने मान्दैनन् ।”

भजनी नगरपालिका–८ कि पवित्रा चौधरी भदौ ३१ गते राति एकाएक घर छोडेर नजिकैको कृष्ण धोज चन्द माविमा पुग्नुभएको थियो । लुगाबाहेक सबै छोडेर ज्यान जोगाउन विद्यालय पुगेकी पवित्रा तीन दिनपछि घर फर्किनुभयो । घरको कुरुप अवस्था देख्दा उहाँलाई निकै चिन्ता भएको छ । घरमा रहेको अन्नपात, लत्ताकपडा सबै भिजेर खत्तम भएपछि भिजेको अन्नपात सुकाउन उहाँलाई निकै समस्या भएको छ । “अन्नपात सबै भिजेर खत्तम भएको छ । सुकाउनको लागि न त त्रिपाल छ न त सुक्खा ठाउँ ।” उहाँले भन्नुभयो, “भिजेको धान, गहुँ उम्रन थालिसकेको छ । लत्ताकपडा सबै हिलाम्मे छन् । आँगनमा आवतजावत गर्न सकिने अवस्था छैन । घरभित्र सहजरुपमा बस्न सक्ने स्थिति छैन ।”

बाढीका कारण घरमा पानी पस्दा अधिकांशको घरमा भएको अन्नपात बगेको छ । बचेको अन्नपात पनि उम्रन थाएको छ । सुकाउनको लागि कपडा छैन । आगन ओभानो छैन । भजनी नगरपालिका–८ की रामकृष्णी चौधरीले बाढीका कारण श्रीमान् गुनाउनुपर्यो । असोज १ गतेको बाढीमा बेपत्ता भएका रामकृष्णीका ६० वर्षीय कालुराम डगौंरा थारुको दुई दिनपछि शव भेटिएको थियो । श्रीमान्को बाढीले ज्यान लिएपछि आफूहरु पनि बाढीबाट सुरक्षित नरहेको रामकृष्णीले बताउनुभयो । “जुन कुराको त्रास वर्षौंदेखि मनमा थियो, आज हाम्रा लागि त्यहीँ भयो ।” उहाँले भन्नुभयो, “भोलि अरुलाई पनि हुनसक्छ । बर्सातको समय भजनीका लागि निकै कष्टकर हुन्छ । यो सबैलाई थाहा छ तर समाधान कतैबाट हुँदैन ।”

सयौँ बिघा धानबाली नष्ट

भजनीमा बाढी, डुबान र कटानका कारण सयौँ बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । चारैतिरबाट नदीले घेरिएको भजनीमा नदीको कटान र डुबानका कारण सयौँ बिघा नष्ट भएको छ । विशेष गरी कान्द्रा, काँढा र पथरैया नदीका कारण नढी क्षति भएको स्थानीय गणेश बोहराले बताउनुभयो ।

धानबाली नगरपालिकाले धानबालीमा भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरेको छ । नगरपालिकाका कृषि शाखाका प्रमुख हरिलाल जोशीका अनुसार वडा नं ३, ५, ७ र ८ का अधिकांश क्षेत्रमा लगाएको धानबाली पूर्णरुपमा नष्ट भएको छ ।” कतिपय ठाउँमा डुबानका कारण धान कुहिएको छ भने कतिपय ठाउँमा बाढीसँगै आएको लेदोले धान पुरेको छ ।” कृषि शाखा प्रमुख जोशीले भन्नुभयो, “यकिन तथ्याङ्क आएको छैन । तथ्याङ्क सङ्कलनको काम भएपछि मात्रै कति क्षति भएको छ भन्न सकिन्छ । मोटामोटी हेर्दा ५० प्रतिशत धानबालीमा क्षति भएको छ ।”

विद्यालयमा क्षति

विद्यालयमा बाढी पसेपछि असोज १ गतेदेखि भजनीका अधिकांश विद्यालय बन्द भए । केही विद्यालयमा स्थानीयले आश्रय लिएर बसेका कारण पनि विद्यालय सञ्चालनमा आउनसकेका छैनन् । बाढीका कारण विद्यालयको पहिलो तलामा माटो पसेका कारण त्यसको सरसफाइको काम भइरहेको छ भने कतिपय विद्यालय बाढीको छुटकारा पाउन सकेका छैनन् । विद्यालयमा बाढीका कारण ठूलो क्षति भएको नगरपालिकाका शिक्षा अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो । उहाँले कतिपय विद्यालयका हाजिर रजिष्ट्ररदेखि कम्प्युटरमा समेत क्षति भएको बताउनुभएको छ ।

“प्रधानाध्यापकको बैठक बोलाउने तयारी गरेका छौँ । त्यसपछि कुन विद्यालयका कति क्षति भएको छ त्यसको वास्तविक तथ्याङ्क आउने छ ।” शिक्षा अधिकृत शाहले भन्नुभयो, “केही विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । ती विद्यालयलाई सञ्चालनमा ल्याउन विकल्प खोज्ने काम पनि भइरहेको छ ।” बाढीका कारण जनजीवन अस्तव्यस्त हुँदा त्यसको असर बालबालिकामा समेत परेको उल्लेख गर्दै शिक्षा अधिकृत शाहले सञ्चालन भएका विद्यालयमा पनि विद्यार्थीको उपस्थितिमा कमि आएको बताउनुभएको छ ।

स्वास्थ्यमा विशेष सावधानी

नगरपालिकाले बाढीका कारण विस्थापित भएका नागरिकमा सङ्क्रामक रोगको प्रकोप फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाएको छ । विस्थापित भएका नागरिकलाई स्वस्थ्य चेकजाँचलाई निरन्तरता दिएको छ । स्वस्थ्य सामग्रीका साथै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको स्वस्थ्य शाखाका प्रमुख कैलाश चौधरी बताउनुहुन्छ ।

“बाढीका कारण हावापानीमा पूरा परिवर्तन भएको हुन्छ । अहिले डेङ्गुको सङ्क्रमण फैलिँदो अवस्थामा छ । त्यसको विशेष सावधानीमा नगरपालिका छ ।” स्वास्थ्य शाखा प्रमुख चौधरीले भन्नुभयो, “डेङ्गुु परीक्षणका लागि कीटको अभाव छ । खरिदको प्रक्रिया अगाडि बढाएका छौँ ।” उहाँले पिउने पानीका कारण रोग फैलिन सक्ने जोखिम रहेको बताउनुभयो । शुद्ध खानेपानीमा नागरिकको पहुँच नभएका कारण हाते नल्काको पानी पिउँदा स्वस्थ्य समस्या देखिन सक्ने बताउनुभयो ।

मृतकका परिवारलाई नगद सहयोग

सरकारले बाढीका कारण ज्यान गुमाएका भजनीका दुई परिवारलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले नगरपालिकाको वडा नं ८ का ६० वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको परिवारलाई जनही रु दुई लाखका दरले नगद सहयोग गरिएको हो । मन्त्री रावलले प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारलाई जनही एक लाख २० हजार नगद सहयोग गर्ने निर्णय भएको बताउनुभयो । उहाँले पूर्णरुपमा घरबारविहीन परिवारलाई रु ५० हजार नगद सहयोगको निर्णयसमेत भएको बताउनुभयो ।

दीर्घकालीन समाधान खोज्दै नगरपालिका

बर्सेनि स्थानीय नागरिक बाढी र डुबानको समस्या झेल्दै आएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन नदी नियन्त्रणमा सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नदी नियन्त्रणका लागि काम नभएसम्म भजनीका नागरिकले बाढी र डुबानको समस्याबाट छुटकारा पाउन नसक्ने बताउनुभयो ।

“भजनी डुबानको मुख्य कारण कान्द्रा, काँढा र पथरैया नदी हुन र अर्को कारण भारतक कैलाश बाध पनि हो ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “नदीमा पानीको सतह बढेपछि भारतले कैलाश बाधका ढोका बन्द गरेपछि भजनी डुबानमा पर्ने गरेको छ । यसको समाधानका लागि सङ्घीय सरकारले गम्भीरताका साथ लिनुपर्छ ।”

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले भजनीको दीर्घकालीन समाधानका लागि तीनै तहको सरकरको समन्वय हुन आवश्यक रहेको बताउनुभयो । बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा सङ्घीय सरकारले बढी जिम्मेवारी लिनुपर्ने बताउँदै प्रदेशले गर्ने कामका लागि आफूले मातहतका मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको छ । “हामीले देख्दै, सुन्दै र समाचार माध्यममा पढ्दै पनि आएका छौँ, भजनीको अवस्था बर्सेनि कस्तो हुन्छ भन्ने कुरा ।” मन्त्री रावलले भन्नुभयो, “सानोतिनो योजनाले भजनीलाई बाढी र डुबानको जोखिमबाट बचाउन सकिँदैन । त्यसका लागि तिनै तहको सरकार सकारात्मक भएर समन्वय र सहयोग हुन आवश्यक छ ।” रासस