२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपन राम मन्दिर चोकमा विस्फोटसहित आगलागी, तीन जनाको मृत्यु



फाईल फोटो
अ+ अ-

काठमाडौं । बुढानिलण्ठ नगरपालिका-११, कपन राम मन्दिर चोकमा रहेको टंक घिसिङको घरमा ठूलो विस्फोटसहित आगलागी भएको छ ।

स्थानीय बासिन्दा समेत रहनु भएका पत्रकार गजेन्द्र बुढाथोकीका अनुसार धेरै पटक विस्फोटको आवाज सुनिएकाे थियो ।

पत्रकार बुढाथोकीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘ड्याम्म गरेर पड्कियो, घरै थरर गरेर हल्लियो। छरछिमेकमा के भयो कुन्नि ? मुटु नै चिसो भयो।’

प्रहरीको प्रारम्भिक विवरणमा उक्त घटनामा परेर तीन जनाको मृत्यु भएको उल्लेख छ । ट्रेकिङ व्यवसायीको गोदामघरमा  आगलागी  भएको बताइएको छ । आगलागीबाट हिमाल आरोहणमा प्रयोग हुने अक्सिजन सिलिन्डरहरू पड्किएको अनुमान गरिएको छ ।

अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । क्षतिको विवरण आउन बाँकी छ ।

फोटो- गजेन्द्र बुढाथोकीकाे ट्वीटबाट