२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमलोपाले माग्यो राष्ट्रपतिको राजीनामा



अ+ अ-

काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको आरोप लगाउँदै तमलोपाले राष्ट्रपतिको राजीनामा माग गरेको हो ।

सो पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गर्नु भएको छ । संवैधानिक र श्रृंगारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउने कोशिश गर्दै बीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको देखिन्छ । यो आफ्नै देशको जनता बिरुद्धको विभेदी मानसिकताले गरिएको षडयन्त्र हो । हामी राष्ट्रपति विद्या भण्डारीको संविधानको घोर उल्लंगनको यस कार्यको भर्त्सना गर्दछौं ।’

यस्तै, अगाडी भनिएको छ, संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । हामी राष्ट्रपति विद्या भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं ।’

संवैधानिक राष्ट्रपतिले राजतन्त्रमा जसरी सबै शक्तिको स्रोत देखाउने कोसिस गरेको आरोप लगाउँदै तमलोपाले राष्ट्रपतिको कदमलाई आफ्नै देशका जनताविरुद्ध विभेदकारी मानसिकताले गरिएको षड्यन्त्र भएको संज्ञासमेत दिएको छ ।