७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

म्यानमारमा सेनाले गोली चलाउँदा ७ बालबालिकासहित १३ जनाको मृत्यु

म्यानमारमा सेनाले गोली चलाउँदा ७ बालबालिकासहित १३ जनाको मृत्यु
अ+ अ-

एजेन्सी । म्यानमारको एक विद्यालयमा सैनिक हेलिकप्टरले गरेको आक्रमणमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

समाचार स्रोतका अनुसार मध्य सागाङ क्षेत्रमा रहेको बौद्ध विहार र लेट यात कोन गाउँको विद्यालयमा घटना भएको हो ।

सेनाले गाउँमा प्रवेश गरी गोली चलाएको थियो, जसमा धेरै मानिस घाइते भएका थिए । तर, केही सञ्चारमाध्यमले विद्यालय भवन विद्रोहीले प्रयोग गरिरहेको भन्दै सेनाले कारबाही गरेको बताएको छ ।

विद्यालयका प्रशासकका अनुसार गाउँको उत्तरमा चारवटा एमआई–३५ हेलिकप्टर घुमिरहेको थियो । ‘हामीले केही बुझ्नुअघि नै ती मध्ये दुईवटा हेलिकप्टरले मेसिनगन र भारी हतियारले विद्यालयमा गोली हानेका थिए । विद्यार्थीहरूलाई विद्यालयको तहखानेमा बनाइएको कक्षामा लिएर गएँ, त्यतिन्जेलसम्म ६ बालबालिकाको मृत्यु भइसकेको थियो ।’ उनले भने ।

विद्यालयमा गोली हानेपछि हेलिकप्टर नजिकैको गाउँतर्फ मोडिएको उनले बताए । सेनाको हेलिकप्टरले गाउँमा समेत गोली चलाउँदा एक किशोरको ज्यान गएको छ । माछा मारेर आफ्नो परिवारको गुजारा चलाउने उनको उमेर १३ वर्ष रहेको बताइएको छ । यसबाहेक गाउँमा अन्य ६ जनाको मृत्यु भएको छ ।

सेनाले २० जनालाई साथमा लिएर गएको स्थानीयले बताएका छन् । जसमा ९ जना बालबालिका, ३ जना शिक्षक र अन्य घाइते छन् । यी मध्ये दुई जनालाई सरकार विरोधी भएको आरोप लगाइएको छ ।