६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या



प्रहरी उपरीक्षक प्रभु ढकाल
अ+ अ-

काठमाडौँ । ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षिय नकुल राईलाई प्रहरीले आज (मंगलवार) सार्वजनिक गरेको हो । उनले हत्या गरेको स्विकारेसँगै चोरी र लुटपातको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपात प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनु भयो ।

घटना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरेको छ बताउनु भयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए । सोही अनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले पक्राउ परेको दुवै उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।