२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन मूल सडकको बीचमा जाजरकोट



अ+ अ-

जाजरकोट । दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको बीचमा जाजरकोट रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र रहेको ८३ किलोमिटर सडकको कामसमेत जारी रहेको छ । यो सडक खण्डभित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ‘ट्र्याक’ खोल्ने काम सम्पन्न भएको निर्माण कम्पनी सिंह एण्ड ब्रोदरका विश्वास उप्रेतीले जानकारी दिनुभयो ।

निर्माण कम्पनी ब्रोदरले लिएको ठेक्कामध्ये जाजरकोट कुदुदेखि स्याउलीबजार सम्मको १७ किलोमिटरमा कालोपत्रको काम सम्पन्न भएर स्याउलीदेखि कार्कीगाउँ सम्मको १७ किलोमिटरमा पिचको काम जारी रहेको छ । कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटरमा समेत काम जारी रहेको छ । मन्ताभिर फोडेर कामलाई तीव्रता दिइएको उप्रेतीले जानकारी दिनुभयो ।

थलहदेखि दैलेखको सिमानासम्म २९ किलोमिटर सडकको कालोपत्रको काम पनि सकिएको छ । थलह बजारमा रहेको नदीमा पुल निर्माण नहुँदा निर्माणका सामग्री लिन समस्या भइरहेको निर्माण कम्पनीले बताएका छन् ।

यो आर्थिक वर्षभित्र मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटखण्डको काम पूरा गर्ने लक्ष्य रहेको छ । त्यस्तै भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको पासागाड रिम्ना सडकखण्डको कालोपत्र चालु आर्थिक वर्षभित्र पूरा गरिने यती विल्ड्रस प्राली सातदोबाटो ललितपुरका गोरखबहादुर केसीले जानकारी दिनुभयो । सत्र किलोमिटर लम्बाई रहको यो सडकलाई दुई खण्डमा विभाजन गरेर कालोपत्र गर्न लागिएको उहाँले बताउनुभयो ।

छत्तीस महिनाभित्र निर्माण कार्य पूरा गर्ने भन्दै रिम्ना–तल्लुसम्मको कामसमेत सुरु भएको छ । ४० किलोमिटर लम्बाई रहेको उक्त सडकमा कालोपत्र गर्नका लागि रु एक अर्बमा ठेक्का सम्झौता भएको केसीले जानकारी दिनुभयो । यो सडकसमेत चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको केसीको दाबी छ ।

भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा ‘बेलिव्रिज’ पुल निर्माण भएर सवारीसाधन आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश वस्यालले जानकारी दिनुभयो ।

डोल्पाखण्डकै रुपगाडमा मात्र ‘बेलिव्रिज’ पुल निर्माण हुन बाँकी रहेको छ । त्यस्तै जाजरकोट र रुकुम पश्चिमकोबीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा लगत्तै सुरु हुने उहाँले जानकारी दिनुभयो । जाजरकोटमा रहेको नलगाड नदीमा ‘बेलिव्रिज’ पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै लुम्बिनी–रारा सडकखण्डको कामसमेत जारी रहेको छ । भेरी करिडोरको काम जति छिटो सकिन्छ जाजरकोट र डोल्पामा निर्माण कार्य जारी रहेका जलविद्युत् आयोजनाको कामलेसमेत तीव्रता पाउने देखिन्छ । नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट यही सडक खण्डका बीचमा पर्दछन् । भेरी करिडोर सडकको छेउमै रहेको नलगाड नगरपालिका–७ स्थित दल्लीमा नलगाड जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण हुनेछ ।

त्यस्तै ताक्सुगाड जलविद्युत् आयोजना ९७ मेगावाट० समेत भेरी करिडोरभित्र नै पर्दछ । जगदुल्ला जलविद्युत् आयोजना ९ए० ८२।३ मेगावाटसमेत यही सडकको बीचमा पर्दछ । जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिवेणीबाट मुड्केचुला–४ इल ९विद्युत् उत्पादन गृहस्थल० र जगदुल्ला गाउँपालिका– १ हुरिकोटसम्मा सडक त्रिवेणीबाट नै लिनुपर्ने अवस्था रहेको छ । जगदुल्ला जलविद्युत् आयोजना चालू आर्थिक वर्षभित्र निर्माणको चरणमा जाने जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

त्रिवेणीबाट हुरिकोटसम्मको ४५ किलोमिटरमध्ये सडक निर्माणका लागि वातावरणिय प्रभाव मूल्याङ्क ९इआइए० बाँकी रहेको छ, ४५ किलोमिटरमध्ये ३० किलोमिटरको कच्ची कटानको काम सकिएको र बाँकी १५ किलोमिटर सडक मात्र कच्ची कटान गर्न बाँकी रहेको छ । १५ किलोमिटर सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण(आइइ) गर्न बाँकी भएकाले काम अगाडि बढाउन नसकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिनुभयो ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त कामलाई सहजीकरण गर्नुपर्ने दायित्व रहेको छ । त्रिवेणीस्थित भेरी नदीको पुल निर्माण कार्यसमेत ढिला हुँदा समस्या भएको छ । अब वर्षायाम सकिनवित्तिकै उक्त काम सुरु हुने सापकोटाले जानकारी दिनुभयो । यहाँ अन्य साना पुल सात वटा निर्माण गर्न बाँकी रहेको छ । यी सबै पुल कम्पनीले नै निर्माण गर्नेछ ।रासस




भर्खरै