९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

निलम्वित प्रधानन्यायधीश राणाको नभएकी छोरी र संञ्चारमाध्यामको नियती

निलम्वित प्रधानन्यायधीश राणाको नभएकी छोरी  र संञ्चारमाध्यामको नियती
अ अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी भन्दै संञ्चारमाध्याममा प्रतिक्रिया दिने व्यक्ति उहाँको छोरी नभएको पुष्टि भएको छ ।
असोज २ गते जबराको सरकारी निवासबाट बाहिरिने क्रममा सुनिधि राणाले आफ्नो पहिचान छोरीका रुपमा दिदै भित्र भएका घटनाक्रम बारे जानकारी गराएकी थिईन् ।

तर राणाले पेश गर्नुुभएको सम्पती बिबरणमा उल्लेख गरिएको पारिबारिक सदस्यको सूचिमा उनको नाम छैन ।

यसैबीच समाचार प्रदायक संस्था न्यूजएजेन्सी नेपालले यसबारेमा आफ्नो संस्थाबाट संप्रेषित समाचारको बिषयमा स्पष्ट पारेको छ ।

न्यूजएजेन्सी नेपालले भनेको छ-

मिति २०७९ असोज २ गते आइतबार हामीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्बन्धित समाचार पठाएका थियौँ । सो समाचारमा बोल्ने एकजना महिलाले आफ्नो नाम सुनिधि राणा हो र आफु प्रधानन्यायाधीशको छोरी भएको कुरा मिडियासँग बोल्नुभएको थियो । उहाँले आफु प्रधानन्यायाधीशको छोरी हुँ भनेको भिडियो हामीसँग अझैपनि सुरक्षित छ ।

प्रधानन्यायाधीशको निवासमा प्रहरीले उच्च निगरानी राखेर मानिसहरुलाई आवत्जावत् गर्न समेत कडाइ गरिराखेको अवस्थामा निवासबाट बाहिर निस्किएर आफु प्रधानन्यायाधीशको छोरी भएको र आफुहरुलाई प्रहरीले दमन गरिरहेको भनेर मिडियासामु बोलिसकेपछि स्वभाविक रुपमा उहाँ छोरी नै भएको हामीले ठान्यौँ । तपाई छोरी हो कि होइन ? कसरी छोरी ? जस्ता प्रश्न गर्ने कुरापनि भएन । तसर्थ हामीले समाचार पठाउँदा प्रधानन्यायाधीशको छोरी नै भनेर पठाएका हौँ । यो भिडियो समाचार पठाए पछि केहि स्वतन्त्र ब्यक्तिले ‘आफु प्रधानन्यायाधीशको छोरी हुँ’ भनि भिडियोमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी हुनै नसक्ने दावी गरे पछि हामीले पनि सन्देह राख्यौं ।

बिभिन्न प्रयास र सम्पर्क सुत्रलाई प्रयोग गर्दै बुझ्दा छोरी हुनसक्ने आँकलन गर्न सकियो, यद्यपि हामीले तहकिकात जारी राखेका थियौं । केहिबेर अघि हामीलाई प्राप्त एक प्रमाणले द्विविधामा पारेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरणमा सुनिधि राणा नामको छोरी भेटिएन । यस विषयलाई तत्काल प्राप्त प्रमाणका आधारमा ‘आफु प्रधानन्यायाधीशको छोरी हुँ’ भनि भिडियोमा बोल्ने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी नभएको निष्कर्ष निकालेका छौं ।

हामीले पठाएका समाचारबाट हाम्रा ग्राहक र ग्राहक मार्फत समस्त दर्शक,श्रोता,पाठकमा परेको भ्रम तथा गलत सूचनामा हामी लज्जित हँुदै माफि माग्दछौं । हुनत यो खाएको बीष होइन तर जिम्मेवारी लिन्छौं । धन्यवाद ।