२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबराको निवासमा पुग्यो मानवअधिकार आयोगको टोली



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली पुगेको छ ।

राणाले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिनुभएको थियो । सोही सम्बन्धमा मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

जबरालाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आएपछि सो बारे बुझ्न टोली उहाँको निवास गएको आयोगले जनाएको छ ।

संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँग जबरा निलम्बनमा पर्नुभएको थियो । तर गए राति १२ बजेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै उहाँ आजदेखि काममा सर्वोच्च फर्कने तयारीमा हुनुहुन्थ्यो ।

यद्यपि सरकारले फर्कन नदिने उहालाई निवासमै ‘नजरबन्द’ गरेको छ । उहाँलाई घरबाट बाहिर निस्कन दिइएको छैन ।