७ कार्तिक २०८१, बुधबार
,
Latest
नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छः मन्त्री ढकाल पहिलो त्रैमासमा कुन बैंकले कति नाफा कमाए ? डन छोटा राजनलाई मुम्बई उच्च अदालतबाट ठूलो राहत, आजीवन कारावास रोकिएपछि जमानत पाए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिको धर्ना



अ+ अ-

काठमाडौँ । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिले धर्ना दिएको छ ।

शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहिन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो ।

नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उहाँले हालसम्म प्रमाणिकरण गर्नुभएको छैन । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकता विहिन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताउनुभयो ।

उहाँले आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताउनुभयो । सरकारले आफुहरुको संविधानसम्मत् मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

धर्नामा सहभागिहरुले आफुहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।