९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मध्यपहाडी लोकमार्ग: सडक बन्यो तर, पुल नबन्दा समस्या

मध्यपहाडी लोकमार्ग: सडक बन्यो तर, पुल नबन्दा समस्या
अ अ+ अ-

खोटाङ । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको छ । पर्यटकीयस्थल चखेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर सडक अन्तर्गत करिब ३५ किलोमिटर कालोपत्र भएको छ । उक्त सडकखण्डमा पर्ने खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको हो ।

नेपाल सरकारको करिब रु एक अर्ब लगानीमा छ वर्षअघि कालोपत्र सुरु गरिएको उक्त दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको खोटाङस्थित पङ्खुखोला, मेवाखोला, छेपेखोला र भालुखोलामा पक्की पुल निर्माण भएको छैन ।

कालोपत्रको काम सम्पन्न भइसकेको बाँझेच्यानाँडा–दिक्तेल सडकखण्डमा पर्ने पङ्खुखोला र छेपेखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले अहिले अलपत्र अवस्थामा रहेका छन् । सगरमाथा कन्स्ट्रक्शन प्रालिले निर्माणको जिम्मा लिएको उक्त छेपेखोलाको मोटरेबल पक्की पुलका लागि एउटा पिलरमात्र ठड्याएर अलपत्र अवस्थामा छाडिएको देखिएको छ ।

बगुवा माटो (पहिरो झरिरहने) रहेको छेपेखोलामा मोटरेबल पक्की पुल निर्माणगर्न जग खनिएको खाल्डोका कारण माथिल्लो भागबाट निरन्तर पहिरो झर्दा पटक–पटक यायायात अवरुद्ध हुँदै आएको छ ।

पङ्खुखोलामा निर्माणाधीन पक्की पुल विसं २०७५ असार मसान्तभित्र सम्पन्न गर्नेगरी सिरुवा कन्स्ट्रक्शन प्रालिले विसं २०७२ असोजमा ठेक्का सम्झौता गरेको थियो । १५ मिटर लामो उक्त मोटरेबल पक्की पुलका लागि दुवैपट्टि पिलर ठड्याइए पनि लामो समयदेखि ठेकेदार सम्पर्क विहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

यता, मेवाखोला र भालुखोलामा निर्माण गरिने मोटरेबल पक्की पुलको ठेक्का संझौता भएको लामो समय बितिसके पनि अहिलेसम्म निर्माणको काम सुरु भएको छैन । पक्की पुल नहुदा खोलामाथि बगर बिच्छ्याएर यातायात सञ्चालन गर्दै गरिदै आएको छ ।

ठेकेदारको लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न तथा यातायात सञ्चालनमा समेत समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताउनुभयो । “पुल निर्माण नहुँदा वडा नं ६ नेर्पा, वडा नंं ८ दोर्पाचिउरीडाँडा र वडा नंं ९ निर्मलीडाँडा तथा छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दा मर्कामा परेका छन्”, उहाँले भन्नुभयो, “पक्की पुल अभावमा विद्यार्थीहरु जोखिम मोलेर खोला तर्न बाध्य छन् । यसप्रति सम्बन्धित निकायले बेलैमा चासो दिन जरुरी छ ।”

पक्की पुल नहुँदा पटकपटक अवरुद्ध हुँदै आएको दिक्तेल–चखेवाभञ्ज्याङ सडक नियमित सञ्चालनमा ल्याउन शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंको टोली अनुगमनमा पुगेको थियो । प्राविधिकसहित अनुगमनमा छेपेखोला पुगेको टोलीले पटकपटक अवरुद्ध हुँदै आएको सडकलाई तत्काल बाह्रै महिना सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

दिक्तेल–चखेवा सडकखण्डमा पर्ने खोलाहरुमा चाँडोभन्दा चाँडो पक्की पुल निर्माण सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “पुल निर्माणमा भएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित ठेकेदार कम्पनी र सडक विभागसँग निरन्तर सम्पर्क भइरहेको छ । ठेकेदार कम्पनीले हिउँद लागेपछि निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । यदि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नगरे कानुनी कारबाही गर्छौं ।”

छिमेकी जिल्ला भोजपुरसँग जोडिएको निर्मलीडाँडाभन्दा यता ९दिक्तेलतर्फ०का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायतमा भने यसअघि नै पक्की पुल तयार भइसकेको छ । बाँकी चारवटा खोलाहरुमा पक्की पुल नबनेसम्म वर्षातको समयमा नियमित यातायात सञ्चालन हुने अवस्था छैन ।

पाँच खण्डमा विभाजन गरेर विसं २०७२ चैतदेखि दिक्तेल–चखेवाभञ्ज्याङ सडकको विभिन्न खण्डमा कालोपत्र गर्न थालिएको थियो । सेखुवा–दिक्तेल ३६ किलोमिटरमा रमन–गोल्डेन गुड जेभी र चखेवाभञ्ज्याङ–सेखुवा १० किलोमिटर सडकखण्ड भरत–मैनाचुली–सिद्धिसाई जेभीले कालोपत्रको जिम्मा लिएको थियो ।

चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको १० किलोमिटर तथा पुल निर्माण गर्न बाँकी ठाउँको सडक कालोपत्र भएको छैन । चखेवाभञ्ज्याङदेखि सेखुवासम्म कालोपत्रका लागि सडक फराकिलो पार्ने तथा नाली र पर्खाल लगाउने काम सम्पन्न भए पनि चिसो मौसमका कारण कालोपत्र गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । रासस