२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराको पुरक बयान सकियो, प्रतिवेदन संसद सचिवालयमा आजै दर्ता हुने



अ+ अ-

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितिले लिइरहेको पुरक बयान सकिएको छ । हस्ताक्षरसहितको लिखित प्रतिमा लिइएको पुरक बयान शनिबार बिहान सकिएको हो ।

हिजो शुक्रबारदेखि सुरू भएको यो प्रक्रियामा समितिले बनाएको ४३ प्रश्नको जवाफ समेटेर जबराको बयान तयार भएको थियो ।
जसलाई निलम्बित प्रधानन्यायाधीश जबरालाई पढेर सुनाउँदै एकएक पानामा हस्ताक्षर गर्न लगाएको हो ।

शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि १७४ पेज बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउन थालिएको थियो ।

समितिले उक्त प्रतिवेदनलाई आजै दिउँसो ३ बजे बैठक बसेर संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।