१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल



फाइल फोटो
अ+ अ-

धनगढी । चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राख्दै अनशन बस्नुभएका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा २०औँ सत्याग्रह सुरु गरेका केसीलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालमा उहाँले औषधि लिन नमानेको बताइएको छ । अस्पतालले पनि उहाँसँग कसैलाई भेट गर्न दिएको छैन । उहाँको रक्तचाप निकै घटेको बताइएको छ । रक्तचाप अहिले ९०÷६० पुगेको र मुटुको चाल पनि घट्दो क्रममा रहेको छ । उहाँलाई सामान्य स्लाइन पानी चढाइएको छ ।

तीन करोड नेपाली जनताका लागि अनशन बसेको भन्दै स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने उहाँले बताउनुभएको बताइएको छ । उहाँले धनगढीमा अनशन बसेको आज पाँचौँ दिन हो ।