२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा अध्यक्ष लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ ।

आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ ।

पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ । यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको थियो ।

त्यसैगरी निर्वाचनका लागि घोषणपत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायतका सैद्धान्तिक पक्ष, आर्थिक, सुरक्षा, परराष्ट्र नीतिलगायत विषयलाई उक्त घोषणापत्रमा समेटिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचनका लागि देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको उक्त पार्टीको विधानमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक तीन महिनामा एकपटक बस्नुपर्ने, केन्द्रीय कार्यसमितिलगायत अन्य तहका बैठक वर्षमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।