२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी–२ रामकुमारी झाँक्रीलाई नछाड्न माओवादीमा दबाब बढ्यो



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँटले टुंगो पाउन नसकिरहेको अवस्थामा गुल्मी क्षेत्र नम्बर २ नेकपा एसलाई नछाड्न माओवादी केन्द्रभित्रै लबिङ बढेको छ ।

स्थानीय चुनावमा लुम्बिनी प्रदेशमै रोल्पापछिको दोस्रो नतिजा निकालेको गुल्मीमा माओवादीले प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्न नसक्ने नेताहरु बताउँछन् ।

गुल्मी–२ मा माओवादीबाट टिकटका प्रमुख दाबेदार रहेका भिमकान्त भण्डारीले आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटको तस्बिर फेसबुकमा राखेपछि गुल्मीको राजनीतिमा तरंग पैदा भएको छ ।

भण्डारीले तस्बिरसहित क्याप्सन लेखेका छन् – अध्यक्ष भन्नु हुन्छ गुल्मी के छ जितिन्छ ? मैले भने, गुल्मी–२ का जनताले हसिया हथौडामा भोट हाल्ने रहर गरेका छन् । यसले गुल्मी २ मा माओवादीको बलियो दाबी रहेको अड्कल काट्न गाह्रो पर्दैन ।

१२ स्थानीय तह रहेको गुल्मीमा माओवादी केन्द्रले चारवटामा प्रमुख पद जितेको छ । त्यसमध्ये रुरुक्षेत्र गाउँपालिकाबाहेक अन्य तीनवटा पालिका क्षेत्र नम्बर २ मा पर्दछ । सो क्षेत्रमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले टिकट दाबी गरेकी छन् । शीर्ष नेताहरुले गुल्मी २ झाँक्रीलाई छाड्ने होकि भन्ने मनासायले माओवादीका स्थानीय नेता कार्यकर्ताहरु नेतृत्वमाथि दबाब बढाउन थालेका छन् ।

गुल्मी–२ बाट माओवादी केन्द्रले भीमकान्त भण्डारी, नुमराज पाण्डे र वीरवहादुर कार्कीको नाम सिफारिस गरेको भएता पनि भण्डारीले टिकट पाउने लगभग निश्चितै छ ।

गुल्मी माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेत चुनाव जितेको र गृहजिल्ला भएका कारण पनि गुल्मी २ मा माओवादीले दाबी यथावत राखेको नेताहरु बताउँछन् । झाँक्रीले प्रत्यक्ष मै चुनाव लड्ने आकांक्षा भए काठमाडौं उपयुक्त हुने उनीहरुको सुझाव छ ।