६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका नयाँ राजाको पहिलो सम्बोधनः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता



अ+ अ-

एजेन्सी । बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो ।

राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।”

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

“मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,” उहाँले भन्नुभएको छ ।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गर्नुभएको छ ।

उहाँले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भएपनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चाल्र्सले उल्लेख गर्नुभएको छ ।