५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८।६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष ९आइसियु०मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।