२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला



सांकेतिक तस्बिर
अ+ अ-

गोदावरी । कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको आज बिहान मोहना नदीमा शव फेला परेको हो ।

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन् । बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो ।

खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेकाले पहिचान खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।