२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला



सांकेतिक तस्बिर
अ+ अ-

गोदावरी । कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको आज बिहान मोहना नदीमा शव फेला परेको हो ।

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन् । बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो ।

खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनले लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेकाले पहिचान खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।