११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल गर्दैछौं: पर्यटनमन्त्री श्रेष्ठ

अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल गर्दैछौं: पर्यटनमन्त्री श्रेष्ठ
file
अ अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ ।

बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको हो । उहाँले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल शुरु गरेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताउनु भयो । उहाँले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका,रुस लगायतका देशमा सिधा उडान गर्ने तयारी शुरु गर्ने जानकारी दिनुभयो । उहाँले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले पर्यटकहरु नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ अहिले हवाई उडानको लागि ४० देशसँग सम्झौता गरेको छ । अमेरिका र रुस लगायतका देशहरुसँग हवाई उडानको सम्झौता गर्ने प्रक्रियामा अगाडि बढेको छ । नेपाल भूपरिवेष्ठित देशमा रहेका छौं । आकाश पनि नेपालले सिमित मात्रै प्रयोग गर्न पाउने अवस्था बनेको छ । अन्तर्राष्ट्रिय उडानहरु एउटा बिन्दुबाट मात्रै प्रवेश गर्न पाउँछ । अर्कोबाट प्रवेश गर्ने बिन्दु बन्न सकेको छैन । सरकारको प्राथमिकता भनेको अन्तर्राष्ट्रिय उडानको लागि महेन्द्रनगर,नेपालगञ्ज र भैरवालाई अगाडि बढाएका छौं । भारत सरकारसँग कुराकानी भइरहेको छ । तर त्यो खुलेको अवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थलहरु थप्दै सुधार गर्दै गएका छौं । पर्यटन क्षेत्रलाई सुधार गर्नको लागि नेपालमा पर्यटकहरु १२ महिना आउनसक्ने देश हो भनेर अगाडि बढाएका छौं । राउण्ड द एभर टुरिष्ट डेस्टिनेशन अभियान शुरु गर्दैछौं । नेपालको हावापानी,वातावरणको अवस्थाबाट १२ महिना नै पर्यटकहरु घुम्न आउने अवस्था र घुम्ने ठाँउहरु छ ।’

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी बिस्तार गर्न सरकारले प्राथमिकता दिएको बताउनु भयो । मन्त्री श्रेष्ठले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नहुने बताउनु भयो । उहाँले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले एउटा मात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रुपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीहरुको पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धधनका लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने हुम्ला, रारा, फोक्सुन्डो लगायत गन्तव्य तर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यी क्षेत्रमा सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरु सहजरुपमा जानसक्ने अवस्था रहेको बताउनु भयो ।