५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको जनार्दनलाई जवाफ: तपाईंलाई हुर्काउन मेरो पनि मुख्य भूमिका छ(भिडियो सहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव पद अस्वीकार गरेका नेता जनार्दन शर्मालाई पार्टी नेताहरुको रक्षा गर्न र हुर्काउन आफूले मुख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

बुधबार अनेरास्ववियु क्रान्तिकारी फोर्सको कार्यक्रममा उहाँले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होउन् भन्ने चाहेको भन्दै अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन् भन्ने रहेको बताउनुभयो ।

सोही कार्यक्रममा नेता शर्माले आफू कार्यक्रममा उपमहासचिवको हैसियतले नभई संगठन विभाग प्रमुखका हैसियतमा उपस्थित भएको बताएका थिए ।

उनले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबैभन्दा ठूलो रक्षकसमेत भएको बताएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले जनार्दनले नीति र नेतृत्वको रक्षाको कुरा गरेको उल्लेख गर्दै नेता शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो पनि भूमिका रहेको बताउनुभयो ।