२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयकुमार गच्छदार सुनसरी–३ बाट सिफारिस



फाईल फोटो
अ+ अ-

इनरुवा । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

सोही क्षेत्रबाट उहाँ छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसक्नुभएको छ । यस्तै सुनसरी क्षेत्र – ३ बाट समानुपातिकतर्फ हरिप्रसाद सापकोटा, सप्पनकुमार दास, कपलेश्वर यादव, कल्पना चौधरी, समित्रा थरुनी, सीता भुसाल, सरिताकुमारी यादव र हेमलता चौधरीलाई सिफारिस हुनुभएको जनाइएको छ ।

यस्तै सुनसरी क्षेत्र नं ३ (क) बाट प्रत्यक्षमा ओम थापा, महेश बाँस्तोला, जितेन्द्र केसी, दीपक ढकाल, रोहित प्रसाईँ, रामरोहन चौधरीको नाम सिफारिस भएको छ भने समानुपातिकमा गोपालराज भण्डारी, हाजी महम्द अबदुल मियाँ, विष्णुबहादुर डाँगी, सुरज दास ९थारू०, रामहृदय रामात राजु, सुवोध घिमिरे, प्रकाश चौधरी, ईश्वर तामाङ, देवेन्द्र चौधरी, अंयुब हुसैन, कल्पना कार्की, दिलमाया डाँगी, सुनितन गच्छतार, पन्छी बाइबार, बिमला प्रधान, रेखा कौर प्रसाईँ, उर्मिलादेवी चौधरी, लक्ष्मीकुमारी ठाकुर, कौहिलाकुमारी सुनुवार, रामपरी चौधरी, ममता चौधरी, रमला तामाङ, लक्ष्मी भट्टराई र राधा तामाङ सिफारिस हुनु भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

त्यसैगरी सोही क्षेत्रको नम्वर ३(ख) मा प्रत्यक्षमा कदमलाल चौधरी, बिरेन्द्रकुमार साह, गणेश कुमार राय, प्रदीप कुमार चौधरी, गौरीशंकर रौनियनर, रामचन्द्र राय, तालुराम माँझी, रेशमलाल चौधरी, बिन्देश्वर यादव, प्रेमबहादु रगौतम, शिब प्रसाद दङगाल, बिरनारायण चौधरी,गच्छदार मरिचमान चौधरी, समशेर चौधरी, अर्सपी यादवको नाम सिफारिस भएको छ भने समानुपातिकमा रघुनन्दन चौधरी, उमारजन थापा, ब्रहम ंप्रकाश रौनियनर, गिरधारीप्रसाद साह (हलुवाइ), दीपक राय, रामदेव यादव, सुभकलाल राय, वासुदेव राम, ताराचन्द चौधरी, रामकुमार थापा, अख्तरराइम हुसैन, सूर्यनारायण पासवान, सुरवीर उपाधाय, सुनिता दाहाल साह, कृष्णाकुमारी विक, इमा मिश्रा आचार्य र कोशिला चौधरीलाई सिफारिस गरिएको जनाइएको छ ।