११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

गठबन्धनमा भाग टुंगेपछि मात्रै उम्मेदवारको टुंगो लाग्छ : गृहमन्त्री खाँण

गठबन्धनमा भाग टुंगेपछि मात्रै उम्मेदवारको टुंगो लाग्छ : गृहमन्त्री खाँण
file
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली काँग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताउनुभएको छ ।

मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताउनुभएको हो । उहाँले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताउनु भयो । गृहमन्त्री खाँणले नेपाली काँग्रेसको निर्वाचन क्षेत्रिय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरुका लागि उम्मेदवारहरु सिफारिस भने गरिरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचनमा दलहरुको बीचमा गठबन्धनमा छौँ । पहिला हामीले कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उम्मेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ । र गठबन्धनको पनि कार्यदल बनेको छ । कार्यदल छलफलमा नै छ । छलफल गरिसकेपछि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले प्रतिनिधि सभामा उठ्ने, कुन पार्टीले प्रदेश सभामा उठ्ने त्यो कुराको टुंगो लागिसकेपछि हामीले आफ्नो पार्टीको कस–कसलाई उम्मेदवार गराउने त्यो कुराको टुंगो लाग्छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले आज बेलुकासम्ममा गठबन्धनको भागबन्डा टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भागबन्डाको टुंगो लगाउन सोमवारदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी रहेको बताउनु भयो ।

यादवले भन्नुभयो – ‘निर्वाचन क्षेत्रगत आधारमा छलफल गरेर सहमती जुटाउने दुई दिनको समय हामीले पाउँछौँ । आज ढिलो रातीसम्म छलफल गरेर सहमतीमा जाने प्रयास हुन्छ । हिजोदेखि प्रदेश र संघीय निर्वाचन क्षेत्रस्तरीय छलफल जारी छ । आज पनि हामी बसिरहेका छौँ । ६ बजे बेलुकादेखि फेरि बसेर ढिलो सम्म आज हामी सहमति गर्ने प्रयास गर्छौं ।’

उहाँले हालसम्म सिट बाँडफाँटको सम्बन्धमा सहमती जुट्न नसकेको स्पष्ट पार्नुभयो ।