६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले कर बुझाउन काटेको पत्रमा विद्युत् प्राधिकरण देखि अस्पताल सम्म



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन १७ निकायलाई पत्र पठाएको छ । कर बुझाउन पटक पटक ताकेता गर्दा पनि कर नबुझाएपछि महानगरले १० दिन भित्र कर र सोको जरीवाना बुझाउने गरी निकायलाई पत्राचार गरेको हो ।

महानगरले सम्पत्ति कर बुझाउन खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतलाई पत्राचार गरेको छ ।

यस्तै आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेण्टल कलेजलाई कर बुझाउन पत्र काटिएको छ ।

यस्तै ह्वाईड फिल स्कुल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थानलाई पनि सम्पत्ति कर बुझाउन भनेको छ ।