२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रमा वेलायतलाई पछि पार्दै विश्वको ५औं स्थानमा भारत



अ+ अ-

काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा भारत विश्वको पाँचौ स्थानमा उक्लिएको छ । एक महिनाअघि मात्र स्वतन्त्रताको ७५ औँ वर्ष पूरा गरेको भारतले जीडीपीमा बेलायतलाई पनि पछि पारेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांक अनुसार भातरको अर्थव्यवस्था ८५४.७ अर्ब डलरको रहेको छ भने वेलायतको ८१६ अर्ब डलर रहेको छ ।

अनुमानित कूल ग्राहस्थ उत्पादन (जीडीपी) ३ हजार ८ सय ९४ अर्ब डलर भारतको पुगेको छ । बेलायतको भने, जीडीपी ३ हजार ६ सय ८७ अर्ब डलर रहेको छ ।

भारतको जनसंख्या १३८ करोड रहेको छ । जनसंख्याको हिसाबले हेर्दा भारतमा वेलायतको भन्दा २० गुण बढी जनसंख्या रहेको छ ।

जीडीपीको आधारमा पहिलो आर्थिक शक्ति भएको देश अमेरिका रहेको छ । त्यसैगरी, दोश्रोमा चीन, तेश्रोमा जापान र चौथोमा जर्मनी रहेका छन् ।