२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विजरल्याण्डको यूटीएमआर म्याराथन दौडमा धादिङकी रसिलालाई स्वर्ण पदक



अ+ अ-

धादिङ । स्विजरल्यान्डमा सम्पन्न लोकप्रिय अल्ट्रा टुर मोन्टे रोसा(यूटीएमआर) म्याराथन दौडमा धादिङकी रसिला तामाङ प्रथम भएकी छिन् ।

स्विजरल्यान्डमामा अयोजित उक्त म्याराथनमा महिला तर्फ मिसाबेल १०० किलोमिटरको रेसमा धादिङ धुनिबेशी २ कि अल्ट्रा म्याराथन धाविका रसिला तामाङ प्रथम भएर स्वर्ण पदकको उपाधी जितेकी हुन् ।

३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म स्वीट्जरल्यान्ड भएको उक्त म्याराथनमा भोजपुरकी अनिता राई तेस्रो भएकी छिन् । त्यस्तै, पुरुष तर्फ नेपालकै भिम बहादुर गुरुङ दोस्रो भएका छन् ।

नेपाली महिला धाविकाको रुपमा विभिन्न देशमा भएको म्याराथनमा सहभागी हुँदै आएकी तामाङलाई केहि समयअघि मात्रै धुनिवेशी नगरपालिकाले नगदसहित सम्मान गरेको थियो ।

तामाङले आफुलाई एक सफल धावकको रुपमा स्थापित गर्न निरन्तर लागिपरेको बताउदै आएकी छिन् ।