२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभएको छ ।

राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित हुनुभयो । विदेशी क्लवमा व्यवासायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तान समेत रहनुभएको थियो । दुई साता अघि मात्र किरण सम्मलित माल्दिभ्सको माजियाले माल्दिभ्सको लिग र एएफए कपको उपाधि जितेको थियो ।

यस्तै गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेकी पलेशाले मंसिरमा एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले ५७ केजी मुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गर्नुभएको थियो । जुनियर महिलामा उत्कृष्ट बन्नुभएकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एशियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गल्र्स टिम इभेन्ट्समा रजत पदक जित्नुभएको थियो भने सुदीपले १२ औं राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो ।

राखेपले वार्षिक उत्सवको अवसरमा नेपाल ट्रायथोलन संघलाई उत्कृष्ट संघ घोषणा गरेको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ सोही अवसरमा सम्मानित भएको छ । त्यस्तै द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीले खेलकुद पत्रकारको रुपमा सम्मान थापे । कार्यक्रममा कार्यक्रममा खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजक लगायतलाई सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरि १ सय ४१ राखेप कर्मचारी पनि विभूषित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभुषित गर्नुभएको थियो ।