५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि,६६ जिल्लामा फैलियो डेङ्गु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज ३३९ जना सङ्क्रमणमुक्त भएका छन् । आज दुई लाख ९७ हजार ११५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

६६ जिल्लामा फैलियो डेङ्गु

मन्त्रालयका अनुसार ६६ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि यही भदौ १५ गतेसम्म दुई हजार १७९ जनामा डेङ्गु पुष्टि भएको मन्त्रालयले जनाएको छ । रासस